समाचारआइतबार, आषाढ १७, २०६९

फोरम गणतान्त्रिकमा नयाँ कार्यवाहक अध्यक्ष

हिमालखबर

नन्दकुमार दत्तसूचना तथा सञ्चार मन्त्री समेत रहेका राजकिशोर यादवलाई कार्यवाहक अध्यक्षबाट हटाएको दत्तले हिमालखबरलाई जानकारी दिए । आफूहरुले १७ असारमा निर्वाचन आयोगमा गएर यसविषयमा जानकारी दिईसकेको पनि उनले बताए ।

पार्टीमा कार्यवाहक अध्यक्ष वाहेक सबै जिम्मेवारी यथावत राखिएको नयाँ कार्यवाहक अध्यक्ष दत्त बताउँछन् । २२ सदस्यीय केन्द्रीय समिति मध्ये बहुमतले यादवलाई हटाउने निर्णय गरेको उनको भनाई छ । दत्त सहित आत्मराम प्रसाद साह, सन्ध्या देवि, सुरीताकुमारी साह, सलमा मिकरानी, राजीव झा, उमेशलाल दास, हाँजी अब्बर, गणेश यादव, मौलाना खालिद, नन्दकिशोर शाह र सिताराम अग्रवाल यादवको विपक्षमा रहेका छन् । दत्तका अनुसार राजलाल यादवले टेलिफोनबाट समर्थन गर्ने जनाएका छन् ।

९ जेठ २०६८ मा उपेन्द्र यादवको नेतृत्वमा रहेको फोरमबाट १३ सभासद लिएर जयप्रकाशप्रसाद गुप्ताले फोरम गणतान्त्रिक गठन गरेका थिए । त्यसको ठीक नौ महिनापछि ९ जेठ २०६८ मा पार्टी अध्यक्ष गुप्ता भ्रष्टचारको अभियोगमा जेल चलान भएपछि यादवले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>