समाचारआइतबार, आषाढ १७, २०६९
प्रधानमन्त्री भट्टराई सहमतिको बाधक भएको एमाले अध्यक्षको भनाई
नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग १७ असारमा आफ्नै निवास डल्लुमा भएको भेटघाटमा खनालले यस्तो धारणा राखेका हुन । उनले राजनीतिक दलबीच हुने सहमतिका लागि प्रधानमन्त्रीले तत्काल राजिनामा दिएर मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिए । खनालले वर्तमान राजनीतिक सङ्कट अन्त्यका लागि र दलबीच सहमतिको वातावरण बनाउन प्रधानमन्त्रीले आफ्नो हठ त्यागेर तत्काल मार्गप्रशस्त गरी सहमतिको ढोका खोल्नुपर्ने बताए ।
महासङ्घका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कार, उपाध्यक्ष प्रदीपजङ्ग पाण्डे, पूर्वअध्यक्ष चण्डीप्रसाद ढकाललगायतको प्रतिनिधिमण्डलले आर्थिक वर्षको बजेट राजनीतिक सहमतिमै ल्याउनुपर्ने र त्यसका लागि सहमति कायम गर्न आग्रह गरेका थिए ।
भेटपछि महासङ्घका अध्यक्ष वैद्यले मुलुकको आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बजेटका विषयमा चाँडो सहमति कायम गरी राष्ट्रिय सहमतिकै आधारमा बजेट ल्याउनु पर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
