समाचारसोमबार, आषाढ १८, २०६९

राष्ट्रपति यादव र कोइरालाबीच भेटवार्ता

रासस

१८ असारमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकारले ल्याउन लागेको बजेटका विषयमा कुराकानी भएको थियो । सो अवसरमा राष्ट्रपति डा यादवले राष्ट्रिय सहमति कायम गरी विद्यमान राजनीतिक अन्योल शीघ्र अन्त्य गर्न र अगामी बजेटमा सहमति जुटाउन दलहरुलाई पुनः आग्रह गर्नुभएको भेटपछि सभापति कोइरालाले सञ्चारकर्मीहरुलाई जानकारी  दिए ।

सभापति कोइरालाले राष्ट्रिय सहमति बनाएपछि मात्र पूर्ण बजेट ल्याउनर्ुपर्ने र कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने धारणा राखे । कोइरालाले भने,  “सहमतिबिनाको बजेटमा हाम्रो समर्थन हुँदैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>