Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
यहाँ छ खुशी - Himalkhabar.com

रिपोर्टमंगलबार, आश्विन २९, २०७०

यहाँ छ खुशी

हिमालखबर

पोखराको फिस्टेल अस्पतालकी नर्स सुजिता नापित (२२) लाई बिरामीबाट सेवाको कदर हुँदा खुशी लाग्छ । उनलाई पारिवारिक जमघटमा पनि आनन्द महसूस हुन्छ ।

-डम्बरकृष्ण श्रेष्ठ

खुशी र आनन्द सबै मानिसले एकै प्रकारले प्राप्त गर्दैनन् । मानिस अनुसार खुशी र आनन्द प्राप्त गर्ने विधि फरक हुन्छ । कोही सम्पन्नतामा मात्र खुशी हुन्छन्, कोही परोपकार गर्दा आनन्दित हुन्छन् त कोही अभावमा पनि खुशी खोज्न सक्छन् ।

खुशी के हो, यो कसरी प्राप्त हुन्छ, खुशी किन दिगो नभएर क्षणिक मात्र हुन्छ जस्ता प्रश्नको जवाफ खोज्न मानिसले सदियौंदेखि धर्म, दर्शन र विज्ञानलाई माध्यम बनाएका छन् । धर्मले अध्यात्मिक खुशी प्राप्त गर्ने विधि सिकाएको छ, दर्शनले खुशीको व्याख्या गरेको छ र विज्ञानले खुशी प्राप्त हुने कारण पहिल्याएको छ । हिन्दू, बौद्ध, क्रिश्चियन, इस्लाम लगायत सबै धर्मले सुख र खुशीबारे फरक फरक व्याख्या गरेका छन् ।

तर, उनीहरूबीच खुशी भौतिक र अध्यात्मिक हुनेमा भने एकमत छ । अध्यात्मिक चिन्तक डा. चिन्तामणि योगी हिन्दू धर्मग्रन्थ गीताले चित्त प्रशन्न नभएसम्म बुद्धि स्थिर नहुने भनेको र असन्तुष्टिको बन्धनलाई पानी, प्रेम, प्राणायाम र प्रार्थनाले मुक्त गर्छ भनेको बताउँछन् । भक्तपुर

काठमाडौं असनका पुण्यबहादुर श्रेष्ठ र उनकी पत्नी उमालाई पैदलयात्रा र मन्दिर अगाडि उभिएर आँखा चिम्लिंदा व्यक्त गर्नै नसकिने आनन्द आउँछ ।

जामे मस्जिदका इमाम महम्मद शेखावत अली इस्लाम धर्ममा अल्लाहका लागि मर्न पनि तयार हुँदा मृत्युपछि साँचो खुशी प्राप्त हुने भनिएको जानकारी दिन्छन् ।

विज्ञानले चाहिं सुख र खुशीको जैविक पाटाको व्याख्या गरेको छ । दिमागमा हुने डोपामाइन र सेरोटाँनिक केमिकलको मानिसलाई खुशी बनाउन या नबनाउनमा महŒवपूर्ण भूमिका रहने विज्ञहरूको भनाइ छ ।

समाजशास्त्री चैतन्य मिश्र सुख र दुःखको परिभाषा दर्शन अनुसार फरक हुने तथा विश्वको राजनीतिक, आर्थिक र सामाजिक परिपाटीले व्यक्तिगत र सामाजिक तहको भौतिक र अध्यात्मिक खुशी प्राप्त हुने या नहुने निर्धारण गर्ने बताउँछन् (हे. छुट्टै लेख) । मानवशास्त्री सुरेश ढकालको विचारमा पनि खुशी निर्धारण गर्ने मुख्य तत्व अर्थतन्त्र र सामाजिक अवस्था नै हुन् । समुदाय र राज्यव्यवस्था सकारात्मक हुँदा मानिसले निरन्तर र स्थायी खुशी पाउने तथा राजनीति अस्थिर हुँदा जनताले खुशी पाउन नसक्ने उनको धारणा छ ।

११ कक्षा पढ्न लिएको रु.१० हजार ऋण पनि तिर्न नसकेपछि उच्चशिक्षा पढ्ने सपना तुहिनै लागेको वेला स्नातकको छात्रवृत्ति पाउँदा नेपालगञ्जको गरीब मुस्लिम परिवारकी सन्नु कुरेसी (१८) को खुशीको सीमा रहेन ।

अर्का समाजशास्त्री डा. गणेश गुरुङ स–साना कुरामा खुशी भएर रमाउने स्वभाव नेपालीमा रहेको बताउँछन् । सम्पन्न देशका मानिसभन्दा गरीब भए पनि नेपाली खुशी देखिने गरेको बताउँदै उनी भन्छन्, “विभिन्न चाडपर्व र जात्राबाट खुशी हुने नेपालीहरू साना साना बहानामा पनि खुशी बन्छन् ।”

काठमाडौं, दमक, धरान, विराटनगर, जनकपुर, वीरगञ्ज, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीका सडक, बजार, मन्दिर, फिल्म हल, व्यायामशाला, सपिङ मल, सार्वजनिक पार्क, कार्यस्थल, भेलामा हिमाल ले भेटेका मानिसका अनुभवबाट प्रष्ट हुन्थ्यो, चाहने हो भने खुशी र रमाइलो जस्तो अवस्थामा पनि लिन सकिन्छ ।

खुशीको खोजी
झापा दमकमा बसिरहेका बैतडीका डा. नरेन्द्रसिंह ठगुन्ना (३१) र उनकी पत्नी ज्योत्सना (२९) कामबाट फुर्सत पाउनासाथ इलामको चियाबगान घुम्न पुग्छन् । इलामका हरियालीमा घुम्दा वेग्लै आनन्द महसूस हुने बताउँदै ठगुन्ना भन्छन्, “चिया बगानमा दिनभरि पनि बस्ने गर्छौं।” काठमाडौं त्रिपुरेश्वरकी गृहिणी सन्ध्या श्रेष्ठ (३०) लाई पति र छोरासँग घुम्न पाउँदा खुशी लाग्छ ।

त्रिपुरेश्वरको जस्मिन फिटनेश क्लबमा पौडी खेलिरहेकी उनले भनिन्,

“पौडी खेल्दा व्यायामसँगै आनन्दको पनि अनुभूति हुन्छ ।” होटल मजदूरबाट उन्नति गर्दै मोबाइल पसल थालेका बाँके कोहलपुर,

बुटवल हाटबजारमा धातुका भाँडा हातले बनाउने धनबहादुर बिक (३०) पुख्र्यौली पेशालाई निरन्तरता दिनसकेकोमा सन्तुष्ट छन् ।

न्यूरोडका गोविन्द भण्डारी कामको आम्दानी लिंदा आनन्द हुने बताउँछन् । दुई वर्षअघि मोबाइल मर्मत गर्ने तालीम लिएपछि रु.५० हजार ऋण गरेर पसल खोलेका उनी व्यावसायिक उन्नतिबाट सन्तुष्ट छन् । घरमा पालेका तीन वटा खसी बेचेर रु.३३ हजार कमाएकी झापा दमक ७ की नैनकला बुढाथोकी (६३) र इलेक्ट्रिकल पसल चलाउँदै वायरिङ गर्ने दाङ लालमटिया—५ मौरीघाटकी शोभा चौधरी (२३) दुवै व्यवसायबाट राम्रो आम्दानी हुँदा खुशी हुन्छन् ।

मौसमी तरकारी खेती गरेर गुजारा चलाइरहेकी धनुषाको लक्ष्मीपुर, कुम्हरौडाकी फूलो खातुनलाई पनि आम्दानीले नै खुशी दिन्छ । झण्डै दुई कट्ठा जमीनमा लगाइएको हरियो साग बेचेर भर्खरै रु.३६ हजारसम्म आम्दानी गरेको बताउने उनलाई बारीमा काम गर्दा पनि उत्तिकै आनन्द लाग्छ । काठमाडौं मासाङ गल्लीमा कपडा पसल गरिरहेका पप्पु अन्सारी (४८) लाई आम्दानीले भन्दा पारिवारिक जमघटले खुशी बनाउँछ । हरेक शुक्रबार घण्टाघर नजिकको कश्मिरी मस्जिदमा पुग्ने उनी भन्छन्, “नमाज पढ्दा र मस्जिदमा पुग्दा सबैभन्दा बेसी आनन्द आउँछ ।”

झापा लखनपुरका गाडी चालक खामबहादुर थामी (३९) लाई रमाइलो

ठाउँमा घुम्न पाउँदा आनन्द आउँछ । भीमदत्त नपा–१७ कञ्चनपुरका

कैलाली, कचनापुर—९ की ज्योति सुनार (२३) लाई भारतमा चौकीदारी गरिरहेका पतिसँग कुरा हुँदा औधी खुशी लाग्छ ।”

किराना व्यवसायी तारादत्त जोशी (४७) चाहिं अरूका समस्या समाधान गर्न पाउँदा खुशी हुन्छन् । दमक—५ का किसान सोतीलाल धिमाल (५२) लाई परिवारका सबै सदस्य खेतमा काम गर्दा आनन्द आउँछ ।

बुटवल १० सुक्खानगरका यादव भण्डारी (३०) दुई वर्षको छोरा विराटसँग खेल्न पाउँदा खुशी अनुभव गर्छन् । भरतपुर ११ का नेत्र चिकित्सक विनोद पाण्डे (३५) साथी तथा परिवारसँग घुम्दा र एक्सन सिनेमा हेर्दा रमाउँछन् । साढे दुई वर्षकी छोरी प्राप्तिसँग काठमाडौं बसन्तपुरमा भेटिएका नेपाली सेनाका मेजर महेश स्थापितले पारिवारिक जमघटले खुशी बनाउने बताए । वीरगञ्जको आदर्शनगरमा रहेको निर्वाण फिटनेस सेन्टरमा बिहानै शारीरिक अभ्यास गरिरहेका अभिम डंगोल पहिलो छोरी जन्मिंदा धेरै खुशी भएका थिए । टे«किङका सौखिन उनी जीमले स्वास्थ्यसँगै मनमा शान्ति पनि दिने बताउँछन् ।

विराटनगरमा मेडिकल कलेज पढिरहेका काठमाडौं बौद्धका केल्साङ लामा (२२) लाई साहसिक यात्रा गर्दा आनन्द आउँछ । इलाम, पोखरा, भेडेटार

घुमेका उनी यात्राले पढाइको बोझ् कम पार्ने बताउँछन् । पब्लिक उच्च मावि

असोज दोस्रो साता बहिनी तेञ्जिङ पासाङ (२०) सँग राजधानीको सिभिल मलको ‘१२ डी’ सिनेमा हलमा भेटिएका भोजपुर घर भएका बौद्धको ढाङ्गु गुम्बाका भिक्षु जामायाङ दोर्जे लामा (३४) लाई सिनेमा हेर्दा खुशी प्राप्त हुन्छ ।

धरानमा कक्षा ११ मा पढ्ने चन्द्रकला राई (१९) लाई मठ–मन्दिर भएको धरानको विजयपुर डाँडा घुम्न रमाइलो लाग्छ ।

सधैं रक्सी पिएर पिट्ने पतिलाई एक दिन प्रतिकार गर्दा रक्सी पिउन छाडेपछि कञ्चनपुर दैजी–७ की रितु राना (३१) औधी खुशी भएकी छिन् । खेती गरेर मुश्किलले खान–लाउन पुग्ने चार छोराछोरीकी आमा उनलाई त्यो खुशीले सबै दुःख बिर्साएको छ । वीरगञ्ज श्रीपुरकी उमा अग्रवाल (४५) हेल्थ क्लबमा जीम गर्न थालेको एक महीनामै पाँच किलो तौल घटेपछि दंग छिन् ।

सानो कुरामा रमाउने र परिवारलाई प्राथमिकता दिने उनी साना घटनाबाट खुशी हुने बानी बसाल्न सक्दा तनाव कम हुने र सुखी भइने बताउँछिन् । आफ्नो तौल १०० किलोबाट घटेर ७५ किलो पुगेका दिन सबैभन्दा बढी खुशी

लाग्ने उनको भनाइ छ ।

बुटवल, मणिग्रामका सविता खरेल (१८) र रश्मिला आचार्य (१८) मन्दिरमा पूजा पाठ गरेर आनन्द लिन्छन् ।

नेपाल सरकारका पूर्व कर्मचारी भरतपुरका बालकृष्ण ढकाल (५४) त्यहींको सिद्धाश्रम शक्तिकेन्द्रमा हार्मोनियम र मादल बजाएर भजन गाउँदा आनन्द आउने बताउँछन् । छोरा अमेरिकामा र छोरी नेपालमा स्कलरसीपमा एमबीबीएस गरिरहेको बताउँदै उनी भन्छन्, “शान्ति प्राप्तिको माध्यम अध्यात्म नै हो ।”

सबैतिर भेटिएका मानिसका भनाइबाट एउटै निष्कर्ष निस्कन्छ, हरेक मानिसलाई फरक विषयले खुशी पार्ने गर्छ र खुशी खोज्ने मन हुने हो भने विशेष विषय चाहिंदैन, खुशी पाउन ।

खुशीको समाजशास्त्र
समाजशास्त्री गणेश गुरुङका अनुसार, शहर र बजारका भन्दा गाउँका मानिस बढी खुशी हुने गर्छन् । आकांक्षा कम हुनु, छिमेकी र परिवारसँग दुःख–सुख बाँड्न पाउनु गाउँका मानिस खुशी हुने मुख्य कारण रहेको उनको भनाइ छ । गाउँका मानिस गरीब भए पनि दुःखी नभएको बताउँदै समाजशास्त्री गुरुङ भन्छन्, “शहरका पैसा कमाउनेहरू गाउँका गरीब जति पनि खुशी छैनन् ।”

परिवार र आफन्तसँग राम्रो सम्बन्ध नहुँदा र समाजमा घुलमिल हुन नसक्दा मानिस एक्लो र दुःखी हुने गर्छ । दशैं–तिहार जस्ता चाड पर्व

मैतीदेवी, काठमाडौंका लक्ष्मीदास राजवाहक (५५) लाई फोहोर वागमती नदी देख्दा दिक्क लाग्छ भने पशुपति वरिपरिको हरियालीले आनन्दित बनाउँछ । दैनिक तीन घण्टा पशुपतिनाथ क्षेत्र घुम्ने उनलाई बाँच्नु नै आनन्द लाग्छ ।

निर्माण हुनुको एउटा कारण समाज र परिवारसँग मानिसलाई घुलमिल गराउनु पनि हो । मेलापात, रोपाइँ, रोदी, पूजा जस्ता जमघटले पनि मानिसलाई सामाजिक बनाउन सघाउँछन् ।

काठमाडौं घर भएका मानवशास्त्री सुरेश ढकाल शहरका अरू मानिससँग तुलना गर्दा दुःख लाग्ने र गाउँका मानिससँग तुलना गर्दा खुशी लाग्ने बताउँदै भन्छन्, “मोटरबाइक भए पनि गाडी छैन भनेर दुःख लागेको वेला गाउँमा पुग्दा केही नभएको मानिससँग तुलना गरेर खुशी हुने गर्छु ।” खुशी व्यक्ति, समय र स्थान सापेक्ष हुने बताउने ढकाल चाहना र रहरलाई छेकबार लगाउँदा खुशी नभइने तथा पूरा नहुने चाहना राख्नुको साटो आफ्नो हैसियत अनुसारको चाहना राख्दा खुशी भइने बताउँछन् । ‘प्रगति गर्न माथिकालाई हेर्नू, खुशी हुन तलकालाई हेर्नू’ भन्ने उखान समाजमा

चल्नुलाई उनी त्यही कारण मान्छन् ।

विराटनगर–१० हाटखोलाका मुकेश कार्की (३४) लाई छोराछोरीको स्याहार गर्दा अपूर्व आनन्द आउने गर्छ । सानैदेखि फूटबलमा रुचि राख्ने उनलाई समवयीहरूको फूटबल प्रतियोगिता हरेक वर्ष आयोजना गर्न पाउँदा पनि खुशी लाग्छ ।

खुशीको साँचो राज्यसँग
क्षणिक खुशीले दुःखलाई तत्काल बिर्साए पनि दिगो हुँदैन । राज्यले अवलम्बन गर्ने शासन पद्धति, नीति, सुरक्षा, विकासका योजनाले मानिसलाई दिगो खुशी दिन सक्छ । व्यक्तिको खुशीको राज्यका नीतिबाट निर्धारण हुने समाजशास्त्रीहरूको धारणा छ । राज्यका नीतिमा सकारात्मक परिवर्तन धेरै नदेखिए पनि पछिल्लो समय नेपालीमा खुशी भने बढेको देखिन्छ । वैदेशिक रोजगारीका कारण पारिवारिक आय सँगै चेतना बढेको छ । शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा सुधार आएको छ । तर सार्वजनिक क्षेत्रमा राज्यले जिम्मेवारी नबढाएकाले जनताले पर्याप्त खुशी महसूस गर्न सकेका छैनन् ।

मानिस रमाउने सार्वजनिक उद्यान बन्न सकेका छैनन् । स्वास्थ्य बीमाको व्यवस्था छैन । राज्यले दिने वृद्ध, असक्त भत्ता जीवन धान्न पर्याप्त छैन । राजनीतिक अस्थिरता छ, सुरक्षा छैन । बेरोजगारी समस्या र महँगी चर्को छ ।

राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष तथा राष्ट्र ब्याङ्कका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री राज्यले न्यूनतम सुरक्षा समेत दिन नसकेकाले जनताले राज्यबाट अपेक्षा राख्न छाडेको बताउँछन् । दुई महीनाअघि सुदूरपश्चिमका बाढी पीडितलाई मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले गरेको रु.३५ हजारका दरले राहत दिने आश्वासन र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेको रु.५० हजार दिनुपर्ने माग दुई महीना बित्दा पनि पूरा नहुनुले पीडित निराश बनेको उनको भनाइ छ । स्वास्थ्य सेवा, भत्ताको व्यवस्था, सार्वजनिक उद्यान निर्माण जस्ता विषयमा

राज्यले ध्यान दिन नसक्नु राजनीतिक अस्थिरता कारक रहेको उनको

धनकुटाको मूलघाटमा रहेको विश्रान्ति वृद्धाश्रमकी धाईआमा कमला शर्मा दाहाल (६८) लाई त्यहाँ रहेका ३८ जना वृद्धाको सेवा गर्दा सबैभन्दा बढी आनन्द आउँछ ।

विचार छ ।

१० वर्षे सशस्त्र द्वन्द्वको त्रास, २०६२/६३ पछि देखिएको राजनीतिक अस्थिरताले बढाएको निराशा र राजनीतिक दलहरूले गर्ने बन्द/हडतालले दिने पीडाले मानिसको खुशी खोसेको छ । समाजशास्त्री ढकाल भन्छन्, “सामाजिक सुरक्षाबारे राज्य उदासीन भएकाले जनता खुशी र आशावादी हुन पाएका छैनन् ।”

खुशीमाथिको खोज
संसारका धेरै विश्वविद्यालयले खुशीको खोजीका लागि वैज्ञानिक अध्ययन, अनुसन्धान र प्रयोग गरेर मानिस खुशी र दुःखी हुने कारण पत्ता लगाएका छन् ।

न्यू इङ्गल्याण्ड जनरल अफ मेडिसिनमा प्रकाशित एक रिपोर्टका अनुसार ४५ प्रतिशत विद्यार्थीहरू सधैं तनावमा रहने भएकाले खुशीबाट टाढा छन् ।

भविष्यबारे चिन्ता, बढ्दो प्रतिस्पर्धा र सामाजिक सञ्जालले दिने दबाबले उनीहरूको तनाव बढाएको सो रिपोर्टको निष्कर्ष छ ।

त्रिपुरेश्वरको जस्मिन हेल्थ क्लबमा दैनिक व्यायाम र ध्यान गर्ने गरेको बताउने काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापित सम्पत्ति दान गर्दा, ट्वाइलेटमा बस्दा र व्यायाम गरेर पसिना झार्दा आनन्द अनुभूति हुने बताउँछन् ।

धन–सम्पत्तिको खुशीसँग गहिरो सम्बन्ध देखिंदैन । प्रसिद्ध मनोवैज्ञानिक डेनियल गिलबर्टका भनाइमा मुख्य आवश्यकता पूरा भएपछि मानिसका लागि धन–सम्पत्तिको खास महत्व रहँदैन । बरु, सुखी परिवारसँग बस्दा मानिसले खुशी महसूस गर्छ । अर्को अनुसन्धानले विवाहित मानिस बढी खुशी र स्वस्थ रहने पत्ता लगाएको छ ।

खुशी भावनात्मक विषय भएकाले सधैं रहँदैन । यसलाई टिकाउने वा ल्याउने औषधि पनि हुँदैन । हरेक व्यक्तिले फरक परक कारण खुशी महसूस गर्छ । नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक तथा अर्थशास्त्री डेरियल कैनेमैनका अध्ययनले मानिस काममा जाने समयमा खराब मूडमा रहने, रातभरि मीठो निन्द्रामा मस्त निदाउने, बिहानीको शुरुआत खुशीबाट हुने देखाएको छ । उनको अध्ययनले टेलिभिजन हेरेर मानिस धेरै खुशी

नहुने, बच्चाहरूसँग खेल्दा पनि माथिल्लो स्तरका खुशी महसूस नगर्ने र प्रगाढ तथा आत्मीय सम्बन्धले मानिसलाई बढी खुशी दिने देखाएको छ ।

काठमाडौं मख्खनका राजन महर्जन (४२) लाई राष्ट्रिय झण्डा भएको टी–सर्ट लगाउँदा र दौरा सुरुवालमा ठाँटिंदा सबैभन्दा बढी खुशी लाग्छ ।

त्यसैले मनोवैज्ञानिकहरू सम्बन्धलाई आत्मीय र सुमधुर बनाउन मानिसलाई सुझाव दिन्छन् । कोहीबाट पाएको फूल या बुकेले मानिसलाई खुशी र ऊर्जा दिने उनीहरूको भनाइ छ । शरीर र मनबीच खुशीको मामलामा खासै सम्बन्ध नरहेको मान्ने उनीहरू पक्षघात वा अरु रोगले थला परेको मानिस खुशी हुनसक्ने बताउँछन् । आँखा देख्नेभन्दा नेत्रहीन बढी खुशी हुन सक्ने पनि उनीहरूको भनाइ छ ।

लन्डन स्कूल अफ इकोनोमी एण्ड पोलिटिकल साइन्सका अध्ययनकर्ताहरूले खुशीको कारक मानिसमा रहेको जीन हुने पत्ता लगाएका छन् । जीनको दुई सेट बुबाको र एक सेट आमाको भएका व्यक्ति अरुभन्दा बढी सन्तुष्ट रहने अध्ययनको निष्कर्ष छ । बेलायतबाट प्रकाशित हुने डेली टेलिग्राफ को एउटा रिपोर्ट अनुसार जीन–५ एचटीटीले दिमागको स्नायुतन्तुमा सेरोटाँनिक नामक रासायनिक तत्व राम्रोसँग वितरण गर्नु र नगर्नुले मानिसको आनीबानी र सन्तुष्टि फरक पार्छ ।

डिप्रेसन हुँदा औषधिमा दिइने यो तत्व कम हुँदा मानिस डिप्रेसनको शिकार हुन्छ भने सामान्य हुँदा खुशी हुन्छ । जर्नल अफ ह्युमन जेनेटिक्स नामको जर्नलमा प्रकाशित जेन इम्युनल डि. नेवेको शोधले पनि सेरोटाँनिक मानसिक स्वास्थ्य निर्धारण गर्ने मुख्य तत्व रहेको निष्कर्ष निकालेको छ । विज्ञान पत्रिका मोली क्युलर साइकिएट्रिक का अनुसार पेट र मस्तिष्कमा रहने सेरोटाँनिक हर्मोनलाई खुशीको हर्मोन भनिन्छ । युनिभर्सिटी कलेज कोक, आयरल्याण्डका वैज्ञानिकहरूले सेरोटाँनिकलाई मुसामा प्रयोग गरेर त्यसबारे पत्ता लगाएका थिए ।
——————————————————————————————————————————–
‘हर्मोनले खुशी बनाउँछ’
डा. विश्ववन्धु शर्मा

मनोचिकित्सक
खुशी र दुःख भावनात्मक विषय हुन । अपेक्षाहरु पूरा हुँदा मानिस सन्तुष्ट र खुशी हुन्छ । मानिस किन सुखी र दुःखी हुन्छ भन्नेबारे सिद्धान्तहरु नै बनेका छन् । वंशको निरन्तरताले मानिसलाई जीवित तुल्याउने र सुख दिलाउने एउटा सिद्धन्तले भन्छ ।

बाँच्ने इच्छा, रहर पाल्ने, खाने, काम गर्ने, नयाँ लुगा लगाउने, सुरक्षा चाहने जस्ता सबै विषय मानिसको अस्तित्व र निरन्तरतासँग सम्बन्धित छन् । शरीरमा विभिन्न हर्मोन सक्रिय हुँदा इन्द्रियमा सन्तुष्टि हुने र मानिस खुशी बन्ने अर्को निष्कर्ष छ ।

नयाँ ठाउँमा जाँदा, नयाँ विषय सिक्दा, नयाँ अनुभूति हुँदा मानिस उत्साहित र खुशी हुन्छ । मानिसलाई खुशी बनाउन उसको माइन्ड सेटको पनि भूमिका हुन्छ । माइन्ड सेट मानिसको ज्ञान, जीवन दर्शन, लक्ष्य, अनुभूति, अनुभव र पृष्ठभूमिको मिश्रण हो । गरीबलाई दश लाखको चिट्ठा पर्दा केही दिन अत्यन्तै खुशी भए पनि बिस्तारै ऊ पुरानै अवस्थामा फर्किन्छ भनिनिुको कारण त्यही हो ।

दशैंमा मानिस बढी खुशी हुनु माइन्ड सेट कै कारण हो । दशैंमा पारिवारिक पुनर्मिलन, भेटघाट हुने, सुखको सम्झना हुने र उमंग हुने सोच भएकाले दशैं उल्लासमय भएको हो । सामाजिक सम्बन्ध, आफ्नो भूमिका, अध्यात्म जस्ता कारणले पनि मानिसमा खुशी हुन्छ । सुख र दुःख जस्तै आइरहने गइरहने अर्को सत्य हो । नयाँ सामानको खरीद गर्दा वा नयाँ सामान प्राप्त गर्दा खुशी हुने कारण नभएको समाज पाएकाले हो ।

साथमा बच्चु बिक/धनगढी, तुफान न्यौपाने/नेपालगंज, दीपक ज्ञवाली/बुटवल, माधव बराल/पोखरा, सविता श्रेष्ठ/चितवन, बिम्मी शर्मा/वीरगंज, ईश्वरचन्द्र झा/जनकपुर, कमल रिमाल/विराटनगर, सीता मादेम्बा/धरान, गोपाल गडतौला/दमक ।

हिमाल खबरपत्रिकाबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>