समाचारसोमबार, आषाढ १८, २०६९

भट्टराई सरकार बर्खास्त गर्न घेराबन्दी आवश्यकः गजुरेल

हिमालखबर

राजधानीमा १८ असारमा आयोजित कार्यक्रममा बोल्दै नेता गजुरेलले भट्टर्राई नेतृत्वको सरकारलाई सडकबाटै बर्खास्त गर्नुपर्ने धारणा राखे । उनले प्रधानमन्त्रीलाई बर्खास्त गर्न कांग्रेस र एमालेले गर्ने आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहने जानकारी दिए ।

कार्यक्रममा बोल्दै गजुरेलले ७ मंसिरमा चुनाव गर्न भन्दा पनि सत्तामा टिकीरहने उद्देश्यले भट्टर्राईले निर्वाचन घोषणा गरेको दाबी गरे । संविधानसभा विघटनमा पनि सत्ता मोह नै प्रमुख कारक भएको उनको भनाई थियो ।

प्रधानमन्त्री भट्टराई विदेशी शक्तिको इशारामा सञ्चालित रहेको गजुरेलले कार्यक्रममा उल्लेख गरे । कुन विदेशी शक्ति भन्ने कुरा भने उनले कार्यक्रममा खुलाएनन् । अर्को प्रसंगमा उनले सर्वोच्च अदालतको १७ असारको फैसलापछि पनि पूर्ण आकारको बजेट ल्याउन नहुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>