समाचारमंगलबार, आषाढ १९, २०६९

सत्ताधारी र प्रतिपक्षको बैठक बस्न सकेन

हिमालखबर

विद्यमान राजतीतिक र संवैधानिक संकटको विकासको विषयमा छलफल गर्न १९ असार विहान बोलाइएको बैठक बस्न नसकेको हो । सहमतिको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको कांग्रेस सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच १८ असारमा भएको छलफलपछि आजका लागि बैठक बस्ने तय भएको थियो ।

नेकपा एमालेका नेताहरुले आफूहरुलाई पूर्व जानकारी नदिएको भन्दै बैठकमा जान अस्विकार गरेका थिए । सत्तारुढ दलसँग बैठकमा बस्नु भन्दा पहिला प्रतिपक्षमा रहेका पार्टीबीच छलफल गर्नु आवश्यक रहेको एमाले सचिव युवराज ज्ञवालीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>