समाचारमंगलबार, आषाढ १९, २०६९

विपक्षी दलहरुको बैठक बस्दै

हिमालखबर

एमाले मुख्यालय मदननगर बल्खुमा १९ असार दिनको १ बजे बैठक बोलाइएको एमाले सचिव युवराज ज्ञवालीले हिमालखबरलाई जानकारी दिए । एमाओवादी र मधेशी मोर्चासहितको बैठक बस्न नसकेपछि प्रतिपक्षी दलहरुको बैठक बस्न लागेको हो ।

बैठक राजनीतिक संकट समाधानको विषयमा केन्द्रीत रहने नेता ज्ञवालीले जानकारी दिए । भट्टराई प्रधानमन्त्रीबाट हटे लगत्तै सहमतिको मार्ग प्रशस्त हुने उनको भनाई छ । राष्ट्रपतिले काम चलाऊ भनिसक्दा पनि पदमा बसीरहेका प्रधानमन्त्रीको विरोधमा सञ्चालन गरिने आन्दोलनको खाका कस्तो हुने भन्ने पनि बैठकको एजेन्डा रहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>