समाचारमंगलबार, आषाढ १९, २०६९

संविधानसभा विघटन, एमाओवादी सहितको इन्ट्रेस्टमा: जनजाति नेताहरु

हिमालखबर

प्रधानमन्त्री भट्टराईको निमन्त्रणामा १९ असारमा बालुवाटार पुगेका जनजाति नेताहरुले संविधानसभा विघटन हुनुमा प्रमुख दलहरु जिम्मेवार रहेको धारणा राखेका हुन । सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री भट्टराईले संविधान निर्माणमा जिम्मेवारी पुरा गर्न नसकेको उनीहरुको धारणा थियो ।

भेटमा कांग्रेस नेता इन्द्रबहादुर गुरुङ, एमाले उपाध्यक्ष अशोक राई, पोलिटब्यूरो सदस्य पृथ्बीसुब्बा गुरुङ, केन्द्रीय सदस्य किरण गुरुङ, नेकपा एकिकृतका परी थापा, एमाओवादी केन्द्रीय सदस्य प्रभु साह लगायत सहभागी थिए ।

पार्टी स‌स्थापनसँग राज्यपुनर्संरचनाको विषयमा असहमति जनाउँदै आएका उपाध्यक्ष राईले संघीयता पक्षधरहरुको मोर्चा बनाउनुपर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्री भट्टराईले पहिचान र अधिकारसहितको सङ्घीयताका विषयमा साझा धारणा बनाउन आवश्यक भएकोमा जोड दिएको भेटमा सहभागी कांग्रेस नेता गुरुङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>