समाचारमंगलबार, आषाढ १९, २०६९
मापसे गर्ने चालकबाट रु. तीन करोड असुली
ट्राफिक महाशाखाले गत मङ्सिर १७ गतेदेखि जेठ मसान्तसम्म उक्त अभियान सुरु गरेपछि ३३ हजार ४०९ जनालाई रु दुइ करोड ८५ लाख १६ हजार राजस्व असुली गरेको हो । महाशाखाका अनुसार मापसेविरुद्धको अभियानबाट मङ्सिर र पुस महिनामा रु १९ लाख १८ हजार, माघमा रु २८ लाख आठ हजार, फागुनमा रु ५९ लाख ९१ हजार, चैतमा रु ६५ लाख ६४ हजार, वैशाखमा रु ५४ लाख १४ हजार, जेठमा रु ५८ लाख २१ हजार र असारमा रु ५८ लाख २१ हजार राजस्व असुली भएको हो ।
मापसेविरुद्धको अभियानअर्न्तर्गत ट्राफिक प्रहरीले मङ्सिरमा ५६५ जना, पुसमा एक हजार ६०१ जना, माघमा तीन हजार ७१७ जना, फागुनमा सात हजार २८१ जना, चैतमा सात हजार ७० जना, वैशाखमा छ हजार ७२० जना र जेठमा छ हजार ४५५ जनालाई कारबाही गरिएको जनाइएको छ ।
महाशाखाले मापसेविरुद्धको अभियान सुरु गरिएपछि दुर्घटनामा कमी आउनाका साथै राजस्व सङ्कलनमा थप वृद्धि भएको बताइएको छ । मापसे गरेर जुनसुकै सवारी चलाएको पाइएमा ट्राफिक प्रहरीले प्रति सवारी चालकलाई रु एक हजार जरिवाना गर्ने गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
