समाचारमंगलबार, आषाढ १९, २०६९

प्रतिपक्षी दलले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने

हिमालखबर

एमाले मुख्यालय बल्खुमा १९ असारमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको बैठकमा सहभागी नेकपा मालेका महासचिव सिपि मैनालीले हिमालखबरलाई जानकारी दिए । उनका अनुसार काम चलाउ सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नभएको बैठकको ठहर थियो । सर्वोच्च अदालतको फैसलाले पूर्ण बजेट ल्याउन नभनेको तथा एक तिहाई बजेट ल्याउन पनि दलहरुबीच सहमति आवश्यक भएको विषयमा प्रतिपक्षी दलहरु एकमत रहेको मैनालीले बताए ।

बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि बाटो खोल्नु पर्ने विषयमा पनि छलफल भएको थियो । सरकारको विरोधमा संयुक्त आन्दोलनका लागि कार्यदल निर्माण गर्ने विषय समेत बैठकमा उठेको थियो ।

मोहन वैद्य अध्यक्ष रहेको नेकपा-माओवादी र शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीका नेताहरु पनि बैठकमा सहभागी थिए ।

यसैबीच संयुक्त मधेशी मोर्चा सहित प्रमुख तीन दलको बैठक आज ६ बजे बस्ने भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>