खेलकुदसोमबार, कार्तिक ४, २०७०

महिला फुटबल– नवलपरासीको विजयी शुरुवात (तस्वीरसहित)

हिमालखबर

२८ टिमको सहभागीता रहेको उद्घाटन खेलमा नवलपरासीले सर्लाहीलाई ४–० को गोल अन्तरले हराउदै विजयको शुरुवात गरेको हो ।

पछिल्लो समय फुटवलको क्षेत्रमा नवलपरासी चर्चामा छ । नवलपरासीको कोइलापानी पोलस्टार क्लब ‘ए’ डिभिजन सम्म पुग्न सफल भएको थियो भर्खरै मात्र सम्पन्न साफ च्यापियनसिपमा चम्केका स्ट्राइकर बिमल घर्तीले नवलपरासीकै हुन् ।

एथलेटिक्स, फुटवल र भलिवल खेलमा नवलपरासी अग्रणी छ । महिला फुटवल च्यापियनसिपमा बिमल घर्तीमगरकी बहिनी शान्ति घर्तीमगर २ नं.को जर्सीमा मैदानमा छिन् ।

नवलपरासीको सुनवलको किर्तिपुर खेलमैदानमा भएको महिला फुटबलको उद्घाटन खेलमा नवलपरासीकी शुष्मा बिष्टले पहिलो हाफको ३४ औं मिनेटमा पहिलो गोल गरी अग्रता लिइन् ।

दोस्रो हाफमा हसिना बेगमले दुई गोल र बिद्या रानाले एक एक गोल गरे । नवलपरासीका प्रमुख जिल्ला अधिकारी केशबराज घिमिरेले फिफाका रेफ्रीलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका थिए ।

२५ जिल्लाका खेलाडी सहभागी भएको खेलमा नवलपरासी र मकवानपुरमा गरी दुई ठाउँमा भइरहेको छ । १५ दिन सम्म चल्ने खेलको फाइनल मकवानपुरमा हुने छ ।

प्रतियोगितामा विजयी टिमले नगद रु ३ लाख सहित ट्रर्फी, पदक र प्रमाणपत्र, उपविजेता टिमले रु १ लाख ५० हजार , पदक र प्रमाण पत्र र सेमिफाइनल खेल्ने टिमले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...