Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जनजातिहरूको राजनीतिक सम्मेलन शुरू - Himalkhabar.com

समाचारबुधबार, आषाढ २०, २०६९

जनजातिहरूको राजनीतिक सम्मेलन शुरू

सन्त गाहा मगर

काठमाडौं धुम्बाराहीस्थित एसके क्याटरिङमा शुरू सम्मेलनमा एमाले पोलिटब्यूरो सदस्य तथा पूर्व सभासद् पृथ्बी सुब्बा गुरुङले एकल जातीय पहिचानसहितको संविधान सुनिश्चितताका लागि भावी रणनीतितय गर्न कार्यक्रम आयोजना गरिएको बताए । सम्मेलनको अध्यक्षता गर्ने क्रममा जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले एक हप्ताका लागि भए पनि संविधानसभा ब्युँताउनुपर्ने धारणा राखे ।

आदिवासी जनजाति गैरसरकारी संस्था महासंघ र जनजाति वकिलहरूको समूह समेत आयोजक रहेको सम्मेलनमा कांग्रेस नेता इन्द्रबहादुर गुरुङ, एमालेका विजय सुब्बा, नेकपा-माओवादीका सुरेश आले, जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा लगायतका नेताहरू सहभागी छन् ।

डा. चैतन्य सुब्बा र डा. कृष्णबहादुर भट्टचनले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कार्यपत्रमाथि प्रतिनिधिहरूले दुइ दिन छलफल गर्ने छन् । प्रतिनिधिका रूपमा ५६ जातीय संस्थाका प्रतिनिधि, जनजाति समुदायका पूर्व सभासद्, विभिन्न राजनीतिक दलमा आवद्ध जनजाति नेता, कार्यकर्ता, जनजाति महासंघका संघीय परिषद् सदस्य, जनजाति सम्बद्ध गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरू सहभागी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>