अन्तर्वार्ता/विचारसोमबार, कार्तिक ४, २०७०

‘पुरस्कार परोपकारमै खर्च गर्छु’

हिमालखबर

यो पुरस्कार तपाईले किन पाउनु भएको होला ?
परोपकारी पत्रकारिता र सदाचारी समाज प्रर्बद्धनका लागि मैले गरेको प्रयासका लागि पुरस्कृत गरिएको जस्तो लाग्छ ।

पुरस्कार बापत पाउने दुई हजार डलर के गर्नुहुन्छ ?
लेखन र पुरस्कारबाट पाउने सबै रकम परोपकारी काममा खर्च गर्ने गरेको छु । यो रकम पनि म त्यस्तै काममा खर्च गर्नेछु ।

१० करोड रुपियाँको परोपकारी कोष केका लागि हो, अहिलेसम्म कति जम्मा भयो ?
यो कोष शिक्षा, स्वास्थ्य र आपतकालिन राहतमा सहयोग गर्न बनाइएको हो । छानो चुहिएर वर्षमा ३ महिना पढ्न नपाएका विद्यार्थीलाई सहयोग गर्न एक–डेढ वर्ष लाग्ने भएपछि अक्षय कोष निर्माण गर्ने अवधारणा ल्याएका हौं । कक्षा कोठा, छानो, ब्ल्याक बोर्ड निर्माणमा सहयोग गरिरहेका छौं । मोति विन्दुको अपरेसन नपाएर आँखाको ज्योति गुमाउने अवस्थामा रहेका र सिटामोल खान नपाएका दुर्गमका विरामीलाई सहयोग गर्ने र अपाङगता भएकालाई ह्विलचेयरलगायत सामाग्री पनि वितरण गर्ने योजना छ । कोषमा अहिलेसम्म रु. चार करोड जम्मा भइसकेको छ ।

रकम संकलनमा फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालको योगदान कस्तो छ ?
यो अभियानका लागि फेसबुक वरदान सावित भयो । सामाजिक सञ्जालले एकै पटकमा धेरै मानिसमा जानकारी पुर्‍यायो ।

हेल्प नेपालले १२ वर्षमा देखिने गरी के–के काम गरेको छ ?
५० भन्दा बढी विद्यालयलाई सहयोग ग¥यौं । ४० वटा पुस्तकालय खोल्यौं । धुलिखेलमा ४० जना बालबालिका बस्नसक्ने बाल आश्रम ६–७ महिनाभित्र सञ्चालनमा ल्याउँदैछौं । दुर्गम क्षेत्रमा हेल्थ पोष्ट चलाएका छौं, अग्नि पीडित, शीत लहर पीडितलाई सहयोग गरेका छौं ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>