Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नवविवाहिताहरु ‘करवा चौथ’ पर्व मनाउँदै - Himalkhabar.com

रमझमसोमबार, कार्तिक ४, २०७०

नवविवाहिताहरु ‘करवा चौथ’ पर्व मनाउँदै

हिमालखबर

कात्तिक कृष्णपक्षको चौथीमा दिनभरि निराहार व्रत बसी मनाइने यो पर्वका लागि नवविवाहिता महिलाले ५ कात्तिक विहान संकल्प गरी ब्रत शुरु गरेका छन् । खासगरी भारतको गुजरात, राजस्थान, उत्तरप्रदेश र विहार राज्यमा मनाइने यो पर्व पछिल्लो एक दशकदेखि मिथिला क्षेत्रमा बाक्लोरुपमा मनाउन थालिएको मिथिला लोकसंस्कृतिका जानकारको भनाइ छ ।

‘करवा चौथ’ व्रतको महत्व दाम्पत्य जीवनभित्रको आत्मशुद्धि, प्रशन्नता, आत्मीयता, आपसीप्रेम र समर्पणसँग जोडिएकोे मटिहानीका मैथिली भाषासाहित्य विषयका उपप्राध्यापक मनोज झाले बताए ।

पर्वअघिको वर्ष दिनको अवधिमा विवाह भएका मिथिलानी (मिथिलाका नारी) ले एकदिनअघि चोखोनितो खाएर यो व्रतको प्रारम्भ गर्ने परम्परा छ । चौथीका दिन दिनभरि निराहार व्रत बसी राति चन्द्रोदयसँगै चन्द्र दर्शन गरेर पतिका हातबाट नरिवलको पानी खाएर यो व्रत समापन गर्ने परम्परा रहेको व्रतालुले बताएका छन् ।

घरमा पति नभएकाले भने पतिको फोटो आफ्नो अगाडि राखेर पानी पिउँदै यो व्रत समापन गर्ने गरेका व्रतालु भङ्गाहा–३ की रामरति साहले बताइन् । यो व्रतका प्रभावले पतिपत्नीबीच गहिरो प्रेम बस्ने, एकअर्काप्रति समर्पणको भाव विकास भई दाम्पत्य जीवन सुखी रहने मिथिला जनविश्वास रहेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>