अर्थ/बजारबुधबार, आषाढ २०, २०६९

विमानस्थल भारतीय कम्पनीलाई !

हिमालखबर

तस्बीरः डम्बरकृष्ण श्रेष्ठ

१४ जेठपछि आएको सरकारको निर्देशन अनुसार लगानी बोर्डले यस सम्बन्धी प्रक्रिया अगाडि बढाएको छ । ‘आईएल एण्ड एफएस’ले विमानस्थल सञ्चालनका लागि आशयपत्र (लेटर अफ इन्टेष्ट) सरकारलाई बुझइसकेको छ । सरकारले संचालन भइरहेको आयोजना भएकोले खुल्ला प्रतिस्पर्धा गर्नु नपर्ने भन्दै आईएल एण्ड एफएस कम्पनीलाई दिन लागेको हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले एशियाली विकास ब्याङ्कको अध्ययन बमोजिम विमानस्थलको संरक्षण, विस्तार, क्षमता प्रवद्र्धन र व्यवस्थापकीय सुधारका लागि निजी क्षेत्रलाई दिने तयारी भइरहेको बताए । बोर्डले संभावित लागत र लाभको मूल्याङ्कन गरिसकेको छ । बोर्डले उक्त काम कुन प्रक्रियाबाट वा कसरी निजी क्षेत्रलाई दिन उपयुक्त हुन्छ भनी लागत–लाभको अध्ययन गरिरहेको प्रमुख कार्यकारी अधिकृत पन्तले जानकारी दिए ।
विमानस्थल व्यवस्थापनको जिम्मा खुल्ला प्रतिस्पर्धाबाट कि आशयपत्रकै आधारमा दिने भन्ने टुंगो भने नलागिसकेको पन्तले बताए । भारतीय कम्पनीलाई दिन लागिएकोबारे पन्तले भने, “धेरै कम्पनीले चासो देखाएका छन्, त्यसमा आईएल एण्ड एफएस पनि छ ।”
-१६–३१ असार २०६९ को हिमाल खबरपत्रिकाबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>