अर्थ/बजारबुधबार, कार्तिक ६, २०७०

भन्सार मूल्यांकन बढ्दा बजारभाउ आकाशियो

हिमालखबर

उनीहरुका अनुसार यो वृद्धिसंगै बजारमा आयातित प्राय सबै वस्तुको मूल्य बढेको छ भने सीमा क्षेत्रका भारतीय बजारहरुमा नेपाली उपभोक्ताहरु ओइरन थालेका छन्।

यता भन्सार अधिकारीहरुले भने बढी मूल्यमा वस्तु खरिद गरी नेपाल आयात गर्दा भन्सारमा कम मूल्यका बिजक देखाइ राजश्व छल्ने कार्यलाई रोक्नका लागि वस्तुको मूल्यांकन दर बढाइएको बताएका छन्।

निरुत्साहन
भन्सार विभागले भारतबाट आयात गरिने वस्तुमा असोज ९ गते देखि र त्यसको छ दिन पछि अन्य मुलुकबाट आयात गरिने वस्तुहरुमा दश देखि सय प्रतिशत भन्दा बढी सम्म नयाँ भन्सार मूल्य लागू गरेको थियो।

खरिद मूल्य कम देखाएर भन्सार राजश्व छल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न नयाँ मूल्यांकन गरिएको भन्सार अधिकारीहरु बताउँछन्।

देशका एक मुख्य भन्सार कार्यालय भैरहवा भन्सारका प्रमुख कुलराज ज्ञवालीले भने, “परल मूल्य चार छ भने रसिद लुकाएर दुईको बनाएको अवस्था छ।”

पछिल्लो भन्सार मूल्याकंन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै सूचिकृत गरिएको अधिकारीहरुको भनाइ छ।

प्रभाव
भन्सारको नयाँ मूल्याकंनसंगै त्यसको नेपाली बजारमा नकारात्मक प्रभाव देखिएको व्यवसायीहरु बताउँछन्।
सिद्धार्थनगर उद्योग वाणिज्य सघका अध्यक्ष विष्णु शर्माले भने, “६० रुपैयाँ किलोको जिरालाई उनीहरुले १३० रुपैयाँको गरिदिए। यहाँका व्यापारीहरुले त्यसैमा नाफा जोडेर बेच्ने हो। तर त्यसो भएपछि त सीमा पारि भन्दा यता भाउ अत्याधिक बढ्ने भयो।”

भन्सारको नयाँ मूल्याकंन छलफल विना एकतर्फी रुपमा गरिएको आरोप नेपाल उद्योग वाणिज्य महासंघले पनि लगाएको छ।

संघका अध्यक्ष सुरज वैद्यले भन्सार छल्नेलाई कारबाही गर्नु पर्नेमा राजश्व संकलन वढाउने नाममा विभागले अकस्मात मूल्याकंन बढाएर उपभोक्तालाई सास्ती दिएको बताए।

भन्सार विभागका अनुसार भारतबाट करिब छ हजार तथा अन्य मुलुकवाट करिब दुई हजार थरी वस्तु नेपाल आयात गरिदैं आएको छ ।
बीबीसीबाट साभार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>