खेलकुदबुधबार, कार्तिक ६, २०७०

हिमालयन शेर्पा क्वाटरफाइनलमा

हिमालखबर

पोखरा रङ्गशालामा ६ कार्तिकमा भएको खेलमा यति हिमालयनले पाहुना टोली अष्ट्रेलियाको फुटवल क्लब मेलवोनलाई २—० को गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । शेर्पाले १० कार्तिकमा त्रिभुवन आर्मी क्लवसंग प्रतिष्पर्धा गर्नेछ ।

यति हिमालयन शेर्पाका मनबहादुुर तामाङ बल अगाडि बढाउँदै । तस्वीरः सुदर्शन रञ्जित/पोखरा

हिमालयनको जितमा म्यान अफ दी म्याच घोषित धिरज तामाङ र विदेशी खेलाडी सेगुनले एक/एक गोल गरे । खेलको २५ औं मिनेटमा पुकार गहतराजले मैदानको मध्य भागबाट निकालेको बललाई धिरज तामाङले जाली चुमाएका थिए । धिरज तामाङले निकालेको क्रस वललाई सेगुनले गोल गरी जित सुनिश्चित पारे ।

मेलवोनका प्रशिक्षक प्रबेस केसीले अनुभवी खेलाडीको अभावलाई पराजयको कारण बताए

७ कार्तिकमा घरेलु टीम पोखरा ११ र ब सशस्त्र प्रहरीको एपिएफवीच खेल हुनेछ ।

कास्की जिल्ला फुटवल संघको आयोजना र सफल दुधको मुख्य प्रयोजनमा ५ कार्तिकबाट शुरु भएको प्रतियोगिता १६ कार्तिकसम्म चल्नेछ ।

माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...