Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सहारा एकेडेमीलाई १२ लाख सहयोग - Himalkhabar.com

खेलकुदबुधबार, कार्तिक ६, २०७०

सहारा एकेडेमीलाई १२ लाख सहयोग

हिमालखबर

सहारा क्लव हङकङका अध्यक्ष दिपक गुरुङसहितको टोलीले ६ कार्तिकमा पोखराको सहारा क्लवका अध्यक्ष वीरभद्र आचार्य र निवर्तमान अध्यक्ष विक्रम थकालीेलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन । एकेडेमीको सहयोगार्थ ९ भदौमा  भदौ ९ गते सहारा क्लव हङकङले जोर्डनस्थित सिमसाइ सुईहलमा आयोजना गरेको उक्त कार्यक्रमबाट ४४ लाख आम्दानी भएको थियो । उक्त कार्यक्रम गर्न करीब २४ लाख खर्च भएको र २० लाख बचत भएको सहारा क्लव हङकङका कोषाध्यक्ष सुमित्रा गुरुङले बताईन ।

एनआरएन हङकङका अध्यक्ष दुर्गा गुरुङले सहारा एकेडेमिलाई रु. एक लाख सहयोग गरेका छन । एनआरएन हङकङका उपाध्यक्ष टिकाकुमारी गुरुङ र उनका श्रीमान प्रकाश पुनबाट रु. २० हजार, एनआरएन हङकङका महासचिव शान्ति राईले रु. २० हजार, चेम्वर्स अफ कमर्स हङकङका अध्यक्ष डासुराम पराजुली, लुम्बिनी पिस ट्राभल्स एण्ड टुर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत बुद्धिराज ढकालले संयुक्त रुपमा रु. २५ हजार, वेलायत निवासी हेमा गुरुङबाट १० हजार,  यमुना गुरुङ, एलीना गुरुङ र ओम प्रसाद गुरुङले जनही रु. ५/५ हजार रुपैया सहारा एकेडेमीलाई सहयोग गरेका छन ।

सहारा क्लवले २६ रोपनी क्षेत्रफलमा करीब २ करोडको लागतमा सहारा एकेडेमी  निमार्ण गरेको हो । एकेडेमीमा रहेका १६ बालकले शिक्षाको साथै फुटबलको प्रशिक्षण पाएका छन् ।
माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>