रमझमबिहीबार, कार्तिक ७, २०७०
हिमालकर्मी भट्टराई पुरस्कृत
हिमालकर्मी प्रभात भट्टराईलाई आर्थिक बर्ष २०६९/७० भरमा गरीबी तथा गरीबी निवारण सम्बन्धी विषय समेटेर प्रकाशित भएका समाचारमध्येमा उत्कृष्ट समाचार लेखेवापत पुरस्कृत गरिएको कोषले जनाएको छ ।
नेपाली भाषाको राष्ट्रिय छापामाध्यम विधाबाट भट्टराईले पुरस्कार पाएका हुन् । उनीसँगै अंग्रेजी भाषाको राष्ट्रिय छापामाध्यम विधामा द काठमाडौ पोष्टका राजेश खनाल, विद्युतीय सञ्चारमाध्यम बिधामा सिन्धुलीमाडी एफएमकी उमा पौडेल र मोफसलका छापामाध्यम बिधामा दैलेख स्थित तेस्रो आँखा दैनिकका गोविन्द केसी पनि पुरस्कृत भएका छन् ।
पुरस्कृत पत्रकारहरुलाई गरीबी निवारण कोषले ६ कात्तिकमा आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले जनही रु. ४० हजार राशीको पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा अध्यक्ष रेग्मीले कोषले सञ्चालनमा ल्याएको अनलाईन पोर्टल ई–चौतारी समेत शुभारम्भ गरे । कोषबाट लाभान्वित तथा अन्य सरोकारवालाहरुलाई एसएमएस, अनलाईन र टेलिफोन मार्फत सुचना दिने ई–चौतारी सञ्चालनमा ल्याएको जनाइएको छ । साथै कोषले प्रकाशन गरेको अभावका विरुद्धमा सफलताका कथा पुस्तक समेत अध्यक्ष रेग्मीले सार्वजनिक गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
