अर्थ/बजारबिहीबार, कार्तिक ७, २०७०

जुम्लामा सवा दुई करोडको धानबाली क्षति

हिमालखबर

जुम्लाका ६ गाविसको कुल ६७५ हेक्टर क्षेत्रफलमध्ये ३०८ हेक्टरको धानबाली पूर्णरूपले नष्ट भएको र सबैगरी ५५२ हेक्टरमा असिनाको प्रभाव पर्दा ५५६ टन धानबाली नष्ट भएको वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले जानकारी दिएका छन् ।

कृषि प्रसार अधिकृत धनबहादुर कठायतका अनुसार क्षति सबैभन्दा कम रारा लिही गाविसमा १५ प्रतिशत र सबैभन्दा बढी हाँकु गाविसमा करिब ९५ प्रतिशत भएको छ । गैरेले असिना पीडित जनताका लागि कृषिसँग आबद्ध सङ्घसंस्थासँग बैठक बसेर सहयोगका लागि मन्त्रालयलाई अनुरोध गरिएकोे जानकारी दिए ।

२४ असोजमा पटकपटक परेको असिना पानीले हाँकु गाविसको १४०, तलिम ११८, तातोपानीमा १०७, कुडारीमा १०५, लाम्रामा ८० र रारा गाविसमा दुई गरी करिब ५५२ हेक्टरमा लगाइएको धानबाली असिनाले नष्ट भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>