समाचारबुधबार, आषाढ २०, २०६९

सहमतिको पहल गर्न राष्ट्रपतिलाई एमाले नेताको आग्रह

रासस

राष्ट्रपति भवन शीतलनिवासमा २० असारमा भएको भेटपछि नेता नेपालले राष्ट्रिय सहमतिको सरकार गठनले मात्र मुलुकको बढ्दो राजनीतिक सङ्कटले निकास पाउने बताए । पूर्वप्रधानमन्त्री नेपालले एमाओवादी नेतृत्वको सरकारले देशलाई पीडा मात्र दिएको र यो सरकारले पूर्ण बजेट ल्याउन नसक्ने धारणा राखे ।

पूर्व प्रधानमन्त्री नेपालले भने, “पूर्ण सहमति अनि अर्को सरकार भनेर एमाओवादीले फेरि अर्को लफडा निकालेको छ, पूर्ण सहमति भएको भए त जेठ १४ मै संविधान बन्थ्यो, यो त केवल देशलाई बर्बादी, सङ्कट र पीडा दिने कुरा मात्र हो ।” उनले संवैधानिक सङ्कटमा फसेको सरकारलाई लम्बाएर देशलाई थप पीडा दिन नहुने धारणा राखेका थिए । संवैधानिक र राजनीतिक रुपमा फसिसकेको वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नभएको भन्दै नेता नेपालले सहमतिको पहल गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

जवाफमा राष्ट्रपति यादवले आफू संविधानअनुसार चल्ने बताउँदै दलहरुबीच सहमतिका लागि नेताहरुले पहल गर्नुपर्ने विचार व्यक्त गरेको पनि नेता नेपालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>