समाचारबुधबार, आषाढ २०, २०६९

बजेट स्विकृत नगर्न राष्ट्रपतिलाई प्रतिपक्षीको आग्रह

हिमालखबर

२० असारमा राष्ट्रपति कार्यालयमा पुगेर उनीहरुले यस्तो आग्रह गरेका हुन । काम चलाऊ सरकारले बजेट ल्याउन नमिल्ने भएकाले त्यसलाई अनुमोदन नगर्न आफूहरुले राष्ट्रपतिलाई आग्रह गरेको नेकपा मालेका महासचिव सिपी मैनालीले हिमालखबरलाई जानकारी दिए ।

राष्ट्रपति डा. रामवरण यादवले आफू संविधानिक व्यवस्था अनुसार चल्ने धारणा राखेको पनि महासचिव मैनालीले बताए । उनका अनुसार, प्रतिपक्षी दलहरुको आग्रहमा आफ्नो ध्यानाकर्षा भएको राष्ट्रपतिको भनाई थियो ।

१९ असारमा एमाले मुख्यालय बल्खुमा बसेको प्रतिपक्षी दलहरुको बैठकले राष्ट्रपतिलाई भेटेर बजेट जारी नगर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>