रमझमशुक्रबार, कार्तिक ८, २०७०

नेपाल लिटरेचर फेस्टिभल शुरु

हिमालखबर

एनसेल नेपाल लिटरेचर फेस्टिभलको ८ कात्तिकमा उद्घाटन गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरे ।

११ कात्तिकसम्म चल्ने साहित्यिक मेला ( एनसेल नेपाल लिटरेचर फेस्टिभल) को ८ कात्तिकमा उद्घाटन गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो ९० दशकको अनुभव सुनाए ।

पुस्तक पढ्दैमा राष्ट्रको विरोध गरेको अभियोग लाग्ने राणाकाल सम्झँदै कवि घिमिरेले अहिले ९४ वर्षको उमेरमा ठूलो साहित्यिक मेलामा सहभागी हुन पाउँदाको खुशी प्रकट गरे। यस्तो मेलाले साहित्यकारको राष्ट्रिय परिचयलाई अन्तरार्ष्ट्रिय उचाइमा पुर्‍याउन मद्दत गर्छु, उनले भने।

उनले ‘शव्दहरुको संसारको उत्सवमा सर्वसाधारणको सहभागिता’ देख्दा आफूलाईं खुशी लागेको बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति वैरागी काइँलाले मेला साहित्यको मात्र नभएर सम्पूर्ण नेपाली वाङ्मयको भएको धारणा व्यक्त गरे । उनले यस्तो उत्सवले नेपाली वाङ्मयलाई विश्वमा फैलाउन मद्दत पुग्ने बताए ।

फेस्टिभलका निर्देशक अजित बरालले यो मेलाले पुस्तक बजार र पठन संस्कृतिलाई विस्तार गर्ने आशा व्यक्त गरे। “लेखक–पाठकबीच प्रत्यक्ष सम्बन्ध गाँस्न, साहित्यको स्तर वृद्धि गर्न र नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यले फेस्टिभलको आयोजना गरिएको हो,” बरालले भने।

समारोहका प्रमुख वक्ता डा तीर्थबहादुर श्रेष्ठले आफू जीवविज्ञानको विद्यागर्थी भएपनि साहित्यको संसारमा खेल्नुको मज्जा बेग्लै हुने बताए । उनले जीवविज्ञान प्रतिको आफ्नो उत्सुकता राष्ट्रकविको साहित्यले सहज पारेको भन्दै साहित्यले जटिल कुराहरु पनि सरल र प्रभावकारी रुपमा प्रस्तुत गर्न सकिने धारणा राखे ।

यो साहित्यिक मेलामा साहित्य, कला, समाजशास्त्र, अर्थशास्त्र, फिल्म लगायतका विषयमा चर्चा परिचर्चा हुनेछन् ।

अभि सुवेदी, विजयकुमार पाण्डे, शारदा शर्मा, हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ, नयनराज पाण्डेलगायत नेपाली लेखक र भारतका रविन्दर सिंह, शोभा डे, एनी जैदी, प्रज्वल पराजुली, निद वेगम, प्रकाश ऐयर मेलामा सहभागी हुनेछन् । त्यसैगरी बेलायतबाट नेड ब्यूम्यान र बंगलादेशबाट फराह घुझनभी लगायतका सात जना विदेशी लेखकले महोत्सवमा आफ्ना धारणा र विभिन्न विषयमा पाठकहरुसँग अन्तरक्रिया गर्नेछन् ।

एनसेल नेपाल लिटरेचर फेस्टिभलका सहभागीहरु ।

देबकी विष्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>