खेलकुदआइतबार, कार्तिक १०, २०७०

मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

हिमालखबर

९ कात्तिकमा पोखरा रङ्गशालामा भएको खेलमा सामसुङ जाउलाखेल क्लवलाई ५—० गोल अन्तरले हराउँदै अन्तिम चारमा मनाङले स्थान सुरक्षित गरेको छ ।

मनाङको जितमा म्यान अफ दी म्याच घोषित दिपक राईले पहिलो हाफमा गोल गरेर टिमलाई अग्रता दिए भने दोस्रो हाफमा सुजल श्रेष्ठ, कप्तान सागर थापा, सुजल मास्के र शिव श्रेष्ठले एक/एक गोल गरे । खेलको शुरुवातबाटै दबाबमा परेको जाउलाखेलले खेलअवधिभर नै राम्रो ‘मुभ’ निकाल्न सकेन ।

खेलको १२ औं मिनेटमा डि वक्स नजिकै पाएको वललाई मनाङका दिपक राईले सदुपयोग गरी गोल गरेका थिए । खेलको ४६ औं मिनेटमा पेनाल्टी एरिया नजिकैबाट पाएको बललाई सुजल श्रेष्ठले पोष्टमा छिराए । खेलको ६० औं मिनेटमा सागर थापाले क्रस गरेको वल सेकेण्ड वारमा लागेर गोलमा परिणत भएको थियो । खेलको ७६ औं मिनेटमा विपक्षी गोलरक्षक विरेन्द्रबहादुर चन्दलाई बिट गर्दै सुजल श्रेष्ठले गोल गरी गोल अन्तर फराकिलो पारे ।

खेलको ८८ औं मिनेटमा विपक्षी गोलरक्षक बिट भएको अवस्थामा शिव श्रेष्ठले गोल गरे । मनाङ बाई पाएर सिधै क्वाटरफाइनलमा यात्रा पाएको होे भने जाउलाखेलले उद्घाटन खेलमा एनआईबीएल फ्रेन्ड्सलाई पराजित गर्दै क्वाटरफाईनलमा यात्रा बनाएको थियो ।

जाउलाखेलका प्रशिक्षक राजकुमार केसीले आफुहरुका भरपर्दा ४ खेलाडीहरु बिना मैदानमा उत्रिनु पर्दा हार व्यहोर्नुपरेको बताए । जाउलाखेलका नुरराज काफ्ले, अजय थापा, उमेश थापा र विकेस कुथुको अभाव खड्किएको थियो ।

मनाङका प्रशिक्षक हेमन्त आलेले खेलाडीहरुले चिक्त बुझ्दो खेल प्रर्दशन गरेको प्रतिक्रिया दिए ।

दोस्रोे क्वाटरफाईनल खेलमा यति हिमालयन शेर्पा बिरुद्ध त्रिभुवन आर्मी बीच १० कात्तिकमा खेल हुँदैछ ।
माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...