रमझमआइतबार, कार्तिक १०, २०७०

सिकागोमा डेकेन्द्रलाई सम्झँदा

हिमालखबर

किरण पौड्याल, डकुमेन्ट्री निर्देशक

अमेरिकाको ‘सिकागो थिएटर’ मा साँझको ६ बजे ‘ओपनिङ नाइट गाला’ मा म र उषा पोखरेलसहित विभिन्न देशका फिल्म निर्देशक, निर्माता, कलाकार, सञ्चारकर्मी र फिल्म प्रेमीहरुको ठूलो तर ब्यवस्थित भीड छ ।

सिकागो थियटरमा डकुमेन्ट्री निर्मात्री उषा पोखरेल र निर्देशक किरण पौड्याल ।

झिलिमिली सजिएको ‘सिकागो थिएटर’ ४९ औं सिकागो इन्टरनेशनल फिल्म फेस्टिवलका तयार छ । दैलेखी पत्रकार डेकेन्द्र थापाको संझनामा बनाइएको डकुमेन्ट्री ‘अलाइभ जर्नालिष्ट बुरीड’ (ज्युँदै गाडिएका पत्रकार) लिएर  निर्मात्री उषा पोखरेल र म यहाँ आइपुगेका छौं ।

“बिकज एभ्रीबडी लभ्स मूभी…” लेखिएको स्क्रिन हेर्दै ‘रेड कार्पेट’ अराइभल पोज दिने भाग्यमानीमा हामी पनि दरियौं । सयौं क्यामेराका लेन्स हामी तिर सोझिए । उषा र मलाई ‘रेड कार्पेट अराइभल्स’ मा फोटो पोज दिने अनुभव टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिवलले सिकाएको थियो । जहाँ ‘अलाइभ जर्नालिष्ट बुरीड’ को विशेष प्रदर्शन भएको थियो ।

क्यानाडाको टोरन्टोमा ‘अलाइभ जर्नालिष्ट बुरीड’ हेरेपछि इन्टरनेशनल फिल्म फेस्टिवलकी ‘प्रोग्रामर’ मिस बालेटले सिकागो इन्टरनेशनल फिल्म फेस्टिभलमा अतिथि डकुमेन्ट्री प्रदर्शन गर्ने निम्तो दिएकी थिइन् । भिसाका लागि पनि सबै ब्यवस्था उनैले गरिदिएको एक महिनापछि हामी अहिले सिकागोमा छौं ।

यसै वर्ष क्यानसरका कारण निधन भएका फिल्म लेखक एवम् ‘सिकागो सन–टाइम्स’का फिल्म क्रिटिक रिगर इबर्टको नाममा ‘ओपनिङ नाइट’ समर्पण गरिएको छ । सिकागो इन्टरनेशनल फिल्म फेस्टिवलका फाउन्डर डाइरेक्टर माइकल क्रुज, अमेरिकन एयरलाइन्सका प्रतिनिधि र कोलम्बिया कलेज सिकागोका प्रतिनिधिले संयुक्तरुपमा फेस्टिवल शुरु भएको घोषणा गरेसँगै फिल्म ‘द इमिग्रान्ट’ को प्रदर्शन शुरु भयो ।

दोस्रो दिन फेस्टिभलमा विभिन्न फिल्महरु हेर्दै, निर्देशक, निर्माता र सञ्चारकर्मीसँग अन्तरक्रियाको मौका पाइयो । तेस्रो दिन– फिल्म तथा डकुमेन्ट्री निर्देशक र पत्रकारहरुसँग हाम्रो डकुमेन्ट्रीका बारे कुरा गरिरहेकी मिस बालेटले ‘अलाइभ जर्नालिष्ट बुरीड’ देखाउनका लागि तयार रहन म र उषा लाई भनिन् । यसरी सिकागोमा नेपालको सूदुर जिल्ला दैलेखमा हत्या गरिएका पत्रकारको ‘कथा’ प्रदर्शन भयो ।

डकुमेन्ट्री हेरीसकेपछि सबैले आ–आफ्ना प्रतिकृया त दिए नै, त्यसैबेला ‘हलिउड रिपोर्टर’ पत्रिका का इडिटर जेनिस मिनले हामीलाई पुरुस्कार स्वरुप १ हजार ५०० अमेरिकी डलर दिँदा हामी खुशीले उफ्रियौं ।

पुरस्कार पाएपछि मैले इडिटर जेनिस मिनलाई भनें, “यो पैसा हामी पत्रकार डेकेन्द्रका नाममा स्थापना गरिएको कोषमा जम्मा गर्छौं र डकुमेन्ट्री मेकरको सहायताको लागि केही काम गछौं ।”

मिसिगन तालमा ठोक्किएर बहने चिसो हावाले अमेरिकाको यो तेस्रो ठूलो शहरलाई शीतल बनाएको छ, टोरोन्टोलाई ओन्टारीयो तालले बनाए जस्तै । यस्तै शीतल हावा डेकेन्द्रको दैलेखमा पनि चलिरहन्छ । तर दुर्भाग्य, डेकेन्द्रलाई सासै फेर्न नदिएर मारियो । श्रद्धाञ्जली डेकेन्द्र ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>