Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
उदीयमान स्टार - Himalkhabar.com

खेलकुदआइतबार, कार्तिक १०, २०७०

उदीयमान स्टार

हिमालखबर

– तुफान न्यौपाने

सन् २००७ मा मलेसियामा भएको टेस्ट नखेल्ने राष्ट्रहरूको एसीसी महिला प्रतियोगितामा पहिलो पटक सहभागी नेपाल दोस्रो भयो । २००८ मा थाइल्याण्डमा भएको महिला यू–१९ प्रतियोगितामा नेपालले स्वर्ण जित्यो, जसमा ममता थापाले बेस्ट विकेटकिपरको उपाधि जितिन् । ती दुवै प्रतियोगितामा ममताको उल्लेख्य योगदान रह्यो । २००४ देखि क्रिकेट खेल्न थालेकी नेपालगञ्जकी ममता २००७ को क्षेत्रीय छनोट प्रतियोगिताबाट राष्ट्रिय टीममा परेकी हुन् ।

पाँचौं राष्ट्रिय प्रतियोगितामा हात फ्याक्चर भएर २००९ को अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएकी ममताले २०१० मा सिंगापुरमा भएको यू–१९ प्रतियोगितामा आफ्नो ‘बेस्ट स्कोर’ ४३ रन बनाइन् । सो प्रतियोगितामा उनले क्याप्टेन नेरी थापासँग १०५ रनको उत्कृष्ट साझेदारी पनि गरिन्, जसले टीमलाई स्वर्ण पदक दिलायो । २०१२ को सोही स्तरको नेपाली उपलब्धिमा पनि ममताको महत्वपूर्ण भूमिका रह्यो ।

२०१० मा चीनको गोन्जाउमा सम्पन्न १६औं एशियन गेममा ममतालाई छुटाउँदा नेपाल शुरूमै जापानसँग हा¥यो । विकेटकिपरको स्तरीय प्रदर्शन नहुँदा हार्नुपरेको मूल्यांकनपछि अर्को दिन उनलाई चीन उडाइयो । बिहान ६ बजे गोन्जाउ पुगेकी उनी ९ बजे पीचमा उत्रिइन् र हङकङलाई नेपालले जित्यो । उनी भन्छिन्, “टीमले जित्यो, देशले जित्यो ।”

एशियाका टेस्ट खेल्ने चार र नखेल्ने उत्कृष्ट ४ राष्ट्रबीच २०१२ मा भएको प्रतियोगितामा नेपालले कुनै उपलब्धि हासिल गर्न नसके पनि ममताका लागि उक्त प्रतियोगिता यसकारण विशेष रह्यो कि उनी त्यसैबाट राष्ट्रिय टीमको उपकप्तान छानिइन् । २०११ मा पाकिस्तानमा मैत्रीपूर्ण, सोही वर्ष कुवेतमा एसीसी सिनियर टि–२० र २०१३ को जनवरीमा थाइल्याण्डमा एसीसी वुमेन टि–२० खेलेकी ममताले आठ देशमा आफ्नो ब्याटिङ र किपिङ क्षमता देखाइसकेकी छन् ।

ममताको परिचय क्रिकेटरमा मात्रै सीमित छैन । सौन्दर्य प्रतियोगितातर्फ पनि आकर्षित उनी २०१२ मा मीस नेपालगञ्ज प्रतियोगितामा फस्ट रनरअप भइन् भने २०१३ को मीस मध्यपश्चिम प्रतियोगितामा मीस पोर्टफोलियो । त्यसपछि आएको म्यूजिक भिडियो र मगर भाषाको फिल्मको अफर भने उनले अध्ययन पूरा गर्ने बहाना बनाएर पन्छाइदिएकी छिन् । “खेलेर मात्रै जीवन धान्ने समय आइसकेको छैन”, ग्रामीण विकासमा स्नातक गर्दै गरेकी ममता भन्छिन्, “पढाइ सकेर जागिर पनि खोज्नु छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>