समाचारसोमबार, कार्तिक ११, २०७०
कुवँरको प्रचारकमा अधिकारी
काठमाडौं क्षेत्र नं १० का स्वतन्त्र उमेदवार पद्म कुवँरको प्रचार संयोजक नेकपा-माओवादीका कार्यकर्ता शंकर अधिकारी बनेको श्रोतले बताएको छ । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हानेर चर्चामा आएका कुवँरका प्रचार संयोजक अधिकारी पनि दाहाल परिवारसँग सम्बन्धित छन् । सुर्खेत घर भएका अधिकारी दाहाल पुत्र प्रकाशका प्रेमिका बिना मगरका पूर्व पति हुन् ।
यसैबीच, बैद्य माओवादीका सचिव देव गुरुङ र प्रवक्ता पम्फा भुशालबाहेक सबै नेता अर्धभूमिगत भएको समाचार गलत भएको बैद्य माओवादीले बताएको छ । उसका केन्द्रीय सदस्य महेश्वर दाहालले हिमाल खबर डट कमसँग कुरा गर्दै भने, ‘यो हामीलाई बदनाम गर्न र कार्यकर्तालाई आतङ्िकत बनाउन फैलाइएको अपवाहबाहेक केही होइन ।’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
