समाचारबिहीबार, आषाढ २१, २०६९

सहमतिबिना आउने बजेट अस्वीकार्य: कोइराला

रासस

कोइरालानिवास महाराजगन्जमा २१ असारमा नेपाल चेम्बर अफ कमर्शको प्रतिनिधिमण्डलसँगको भेटपछि कोइरालाले सहमति नभई बजेटका लागि सरकारले गरेको तयारी औचित्यहीन भएको बताए । उनले भने, ‘बजेटका लागि सरकारले गरिरहेको एकलौटी तयारीले राजनीतिक सङ्कट झन् बढ्छ र त्यसबाट सहमतिको दूरी पनि बढ्छ।’

सभापति कोइरालाले संविधानसभा विघटनदेखि बजेटको तयारीसम्मका गतिविधिले सरकार एकलौटी र निरङ्कुशताकासाथ अगाडि बढिरहेको पाइएको टिप्पणी गर्दै आफूहरुले पटक पटक सहमतिका लागि प्रयास गरिरहेको बताए । राजनीतिक सहमतिबिना आउने बजेट पास नगर्न राष्ट्रपतिसमक्ष पनि आग्रह गरिसकिएको उनले जानकारी दिए ।

चेम्बर प्रतिनिधिमण्डलले भेटमा पूर्ण आकारको बजेट ल्याउन र त्यसका लागि राजनीतिक दलबीच सहमतिको पहल गर्न कोइरालासमक्ष आग्रह गरेको चेम्बर अध्यक्ष सुरेश बस्नेतले बताए । पूर्ण आकारको बजेट आउन नसके समग्र देशको अर्थतन्त्र धराशयी हुने, विदेशी लगानीको वातावरण धमिलिने, देशमा अराजकता बढ्नेतर्फपनि कोइरालाको ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।

चेम्बर प्रतिनिधिमण्डलले लगानीमैत्री, राजस्वमैत्री, उत्पादन अभिवृद्धि, निर्यात प्रवर्द्धन र रोजगारी अभिवृद्धि गर्ने वातावरण बनाउने किसिमको बजेट ल्याउनुपर्ने मागसमेत राख्दै विभिन्न पार्टी नेतृत्वसँग भेट जारी राखेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>