समाचारसोमबार, कार्तिक ११, २०७०
ट्याक्सी पल्टिंदा आठको मृत्यु, आठ घाइते
पाँचथरको फलैंचाबाट ताप्लेजुङ सदरमुकाम फुङ्लिङतिर आउँदै गरेको मे १ ज १४३७ नम्बरको पिकअप भेन दुर्घटना भई ५०० सय मिटर तल झर्दा त्यसमा सवार आठ जना यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव निरीक्षक गोविन्दप्रसाद आचार्यका अनुसार मृत्यु हुनेहरुमा सवारी धनी फुङ्लिङ–४ बस्ने खगेन्द्र श्रेष्ठ, सवारी चालक तिरिङे घर भएको पहिचान खुलेका छ भने अन्यको सनाखत हुन बाकी रहेका प्रनाउ आचार्यले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
