समाचारबिहीबार, आषाढ २१, २०६९

अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालबीच भेटवार्ता

रासस

सिंहदरबारस्थित संसद् सचिवालयमा २१ असारमा भएको भेटमा नयाँ बजेट, संविधान निर्माण र वर्तमान राजनीतिक सङ्कट समाधान गर्ने विषयमा छलफल भएको हो । राजनीतिक सङ्कट समाधान गर्न सहमति बनाएर अगाडि बढ्ने विषयमा कुरा भए पनि कुनै निष्कर्षा भने नपुगेको छलफलपछि वरिष्ठ नेता नेपालले जानकारी दिए । नेता नेपालले आर्थिक वर्ष २०६९/०७० को बजेट राजनीतिक सहमतिमा नै ल्याउनुपर्ने र सबै राजनीतिक दलले अपनत्व गर्नुपर्नेमा जोड दिएका थिए ।

अध्यक्ष दाहालले आफ्नो पार्टी पनि वर्तमान राजनीतिक सङ्कट समाधान गर्न तयार रहेको बताए । भेटका क्रममा वरिष्ठ नेता नेपालले वर्तमान सरकारको बहिर्गमनपछि मात्रै राजनीतिक अवस्था समाधान हुने धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>