समाचारबिहीबार, आषाढ २१, २०६९
एमालेद्वारा असन्तुष्ट जनजाति नेताहरुसँग स्पष्टीकरण माग
अनुशासन आयोगको २१ असारमा राजधानीमा बसेको बैठकले सात दिन भित्र लिखत जवाफ माग गरेको हो । एमाले उपाध्यक्ष अशोक राई, पोलिटब्यूरो सदस्य पृथ्बी सुब्बा गुरुङलगायतका नेताहरुसँग आयोगले स्पष्टीकरण मागेको हो ।
आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टी विधानको कुन धारा, नियमावली वा निर्णयको आधारमा एकल पहिचानको वकालत गर्दै हिंडेको भन्ने विषयमा असन्तुष्ट नेताहरुसँग लिखित जवाफ मागेको जानकारी दिए । पार्टी कै नेताहरुले संविधानसभा विघटनमा एमालेलाई दोषी भन्दै हिंडेकाले स्पष्टीकरण माग्नु परेको बोहोराले बताए ।
उपाध्यक्ष राई सहितका जनजाति र मधेशी नेताहरुले पार्टीको बैठक बहिस्कार गर्दै आएका छन् । असार पहिलो साता राजधानीमा सम्पन्न एमाले राष्ट्रिय कार्यकर्ता भेलामा पनि उनीहरु सहभागी भएनन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
