अर्थ/बजारबुधबार, कार्तिक १३, २०७०

असोजमा रु. ३ अर्ब २९ करोड रकमान्तर

हिमालखबर

मन्त्रालयका अनुसार निर्वाचनका लागि गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन, इलाका प्रशासन, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतले ठूलो रकम भैपरि आउने साधारण खर्च शिर्षकमा रकमान्तर गरेर लगेका हुन् ।

सबै भन्दा धेरै जिल्ला प्रहरी कार्यालयहरुले रु. १ अर्ब ४८ करोड ८७ लाख ९५ हजार रकमान्तर गरेर लगेका छन् । सशस्त्र प्रहरी बलले रु. ५१ करोड ८४ लाख ४६ हजार, नेपाली सेनाले रु. ६१ करोड ६१ लाख ४ हजार २५०, प्रहरी प्रधान कार्यालयले रु ५ करोड १९ लाख ८२ हजार, क्षेत्रीय प्रहरी कार्यालयहरुले रु. ९ करोड १६ लाख ८१ हजार, राष्ट्रिय अनुसन्धान विभागले रु. १ करोड ८७ लाख ९५ हजार रकमान्तर गरेर लिएका छन् ।

वल्र्ड फ्लु रोक नियन्त्रणका लागि रु. ६ करोड १६ लाख ७९ हजार, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को तलव भत्ता लगायतको लागि रु.७४ लाख, भन्सार कार्यालयहरुको भौतिक सुविधा बृद्धिको लागि रु.३० लाख रकमान्तर गरिएको छ ।
भैपरि आउने विकास कार्यक्रमका लागि पनि ठुलो रकम रकमान्तर भएको छ । नगरपालिका अनुदान अन्तर्गत उपत्यका सडक विस्तारको लागि रु १० करोड १९ लाख ८८ हजार, जिल्ला प्रशासन कार्यालयहरुलाई संविधानसभा निर्वाचन सुरक्षार्थ भौतिक संरचना थप गर्न रु. ५ लाख रकमान्तर गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

बजेट बिनियोजनमा कडाइ गरेका कारण आर्थिक सहायत या वितरणका लागि भने रकमान्तर ठप्प रहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले आर्थिक सहायतकै लागि तर्जुमा गरेको बजेटबाट गर्नै पर्ने सहयोग गरि रहेकाले मन्त्रालयको बजेट महाशाखाका अधिकारीहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>