समाचारशुक्रबार, आषाढ २२, २०६९

पूर्ण बजेट आउँछः प्रधानमन्त्री भट्टराई

हिमालखबर

२२ असारमा प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन पुगेका चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग कुरा गर्दै उनले पूर्ण बजेटबिना आर्थिक क्षेत्र अगाडि बढ्न नसक्ने भएकाले त्यसैका लागि सहयोग गर्न आग्रह गरेका हुन । जनतालाई राहत दिन र आर्थिक क्षेत्रलाई सही दिशामा लैजानका लागि पूर्ण बजेट नै आवश्यक भएकाले त्यसका लागि सहयोग गर्न चेम्बरका प्रतिनिधिहरूसँग प्रधानमन्त्रीले आग्रह गरेको चेम्बर अफ कमर्सका अध्यक्ष सुरेशकुमार बस्नेतले जानकारी दिए ।

‘आंशिक बजेटले देशको आर्थिक अवस्थालाई अगाडि बढाउन नसक्ने भएकाले पूर्ण बजेट नै ल्याउनुपर्ने धारणा प्रधानमन्त्रीले राख्नुभएकाले हामीले पनि प्रधानमन्त्रीको भनाईलाई स्वागत गर्दै पूर्ण बजेट नै ल्याउनका लागि आग्रह गर्‍यौं’ भेटपछि अध्यक्ष बस्नेतले भने । चेम्बर अफ कमर्सले प्रधानमन्त्रीसँग विशेष आर्थिक क्षेत्रको काम अगाडि बढाउन, पूर्ण बजेट ल्याउन, आर्थिक समृद्धि हुनेगरी बजेट ल्याउन, गरिबी न्यूनीकरणको कामकारवाही अगाडि बढाउन, निजी क्षेत्रको भावना अनुसार अगाडि बढ्न आग्रह गरेको थियो ।

वर्तमान अवस्थामा देशको आर्थिक अवस्था राम्रो रहेकाले यसलाई कायम राख्दै आर्थिक समृद्धि कायम राख्नका लागि सरकारका तर्फबाट काम अगाडि बढाउन चेम्बरले प्रधानमन्त्रीसँग माग गरेको थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>