समाचारशुक्रबार, आषाढ २२, २०६९

लडाकु छनोट प्रक्रिया स्थगन

हिमालखबर

सेनामा समायोजन हुन चाहने लडाकुको अनमिनबाट भएको प्रमाणीकरण, शैक्षिक योग्यता र नागरिकतामा फरकफरक देखिएपछि विवाद उत्पन्न भएको थियो । समायोजनका लागि भरेको फारम सेनाको भर्नाका लागि दलहरुबीच विगतमा भएको सहमति र तोकिएको मापदण्डभन्दा फरक देखिएपछि छनोट प्रक्रिया २२ असारबाट अचानक स्थगन भएको हो ।

समायोजनमा जाने कतिपय लडाकुहरुको उमेर मापदण्डभन्दा कम र केहीको बढी देखिएपछि त्यस विषयमा अर्को निर्णय नभएसम्म केही दिनका लागि छनोट प्रक्रिया स्थगन गरेको नेपाली सेनाले जनाएको छ । देशका विभिन्न भाग रहेको सातवटा शिविरमा रहेका तीन हजार १२३ लडाकुको समायोजनका लागि भर्ना छनोटको काम २० असारदेखि शुरु भएको थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>