समाचारशनिबार, आषाढ २३, २०६९
लडाकु समायोजनको विषयमा संयमित बन्न प्रधानमन्त्रीको आग्रह
२३ असार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका एमाओवादी कार्यकर्ताहरुलाई भट्टराईले लडाकु समायोजन सम्मानजनक हुनेमा शंका नगर्न समेत आग्रह गरे । समायोजनको क्रममा देखिएका प्राविधिक समस्यालाई छलफलको माध्यमबाट टुंग्याईने बताउँदै छलफल सकारात्मक किसिमबाट अगाडि बढेको प्रधानमन्त्रीको भनाई थियो ।
समायोजन प्रक्रियामा देखिएको समस्याको विषयमा सम्बन्धित पक्षसँग गम्भिर रुपमा छलफल भईरहेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । मुलुक संक्रमणकालिन अवस्थामा गुज्रिरहेका बेला प्रतिक्रियावादीहरुले गर्न खोज्ने चलखेलतर्फअग्रगमनकारी शक्तिहरु सचेत र विवेकपूर्ण ढंगबाट अगाडि बढ्नुपर्नेमा समेत प्रधानमन्त्रीले जोड दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
