Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पाकिस्तानी लोकगायिका रेश्माको निधन - Himalkhabar.com

रमझमआइतबार, कार्तिक १७, २०७०

पाकिस्तानी लोकगायिका रेश्माको निधन

हिमालखबर

लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित पाकिस्तानी गायिका रेश्माको लाहोरस्थित अस्पतालमा निधन भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । भारत विभाजनपछि परिवारसँगै पाकिस्तान बसाई सरेकी रेश्मा सन् १९४७ मा भारतको राजस्थानमा जन्मेकी थिइन् ।

पाकिस्तनकी लोकप्रिय लोक गायिका रेश्माले भारतीय फिल्महरुमा पनि आफ्नो आवाज दिएकी थिइन् । सुभाष घई निर्देशित भारतीय फिल्म ‘हिरो’ मा रेश्माले गाएको ‘चार दिनां दा प्यार हाय रब्बा, बड़ी लम्बी जुदाई…’ बोलको गीत सन् ८० को दशककै हिट गीत थियो ।

भारत र पाकिस्तानमा मात्र नभई अन्तर्राष्ट्रियरुपमै चर्चित रेश्माले पञ्जाबी लोक संगीतमा ठूलो योगदान दिएकी छन् । ‘दमादम मस्त कलन्दर,’ ‘हाय ओ रब्बा नईओ लगदा दिल मेरा,’ ‘अंखियाँ नू रहण दे’ जस्ता उनका गीतहरु पूर्वीय गीतसंगीत मन पराउनेहरुका जिब्रोमा अझै पनि  झुण्डिएका छन् ।

भारतीय फिल्मका शोम्यान राज कपूरले फिल्म ‘बबी’ मा ‘अंखियाँ नू रहण दे’ कै भाकामा लता मंगेशकारलाई ‘अंखियोंको रहने दे अंखियों के आसपास’ बोलको गीत गाउन लगाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>