समाचारआइतबार, आषाढ २४, २०६९

प्रधानमन्त्री र बिजुक्छेबीच भेटवार्ता

हिमालखबर

बिजुक्छे निवास भक्तपुरमा २४ असार बिहान प्रधानमन्त्री भट्टर्राई र बिजुक्छेबीच करिब ४० मिनेट कुराकानी भएको हो ।  भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री भट्टर्राईले बिजुक्छे अनुभवी नेता भएकाले वर्तमान राजनीतिक समस्याबारे निकासका लागि रायसुझाव लिन आएको बताए  ।

भेटमा नेता बिजुक्छेले मुख्य दलहरू मात्र बसेर निर्णय गर्ने र अरू दलको उपेक्षा गर्ने कार्य नगरी सबै दलका नेतालाई बोलाएर रायसुझाव लिई अगाडि बढ्न र बजेटसमेत सहमतिमै ल्याउन सुझाव दिएको उल्लेख गरे । मलको अभावले कृषक मारमा परेकाले भारतसँग मात्र नभई अन्य देशहरूसँग पनि मल आयात गर्न सरकारले प्रक्रिया अगाडि बढाउनुपर्ने र शिक्षामा विदेशी हस्तक्षेपलाई रोक्नुपर्ने सुझावसमेत आफूले प्रधानमन्त्रीलाई दिएको उनले बताए ।

बजेट कसरी आउँछ भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री भट्टराईले भने, ‘बजेट आउँछ, यसमा कुनै दुविधा छैन, दलका नेताहरूसँग छलफल सुरु गरेको छु, तर्सथ अब सहमतिमै बजेट आउँछ ।’  रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>