समाचारआइतबार, आषाढ २४, २०६९
राष्ट्रपति र दाहालबीच बजेटबारे छलफल
राष्ट्रपति शीतलनिवासमा २४ असार बिहान भएको भेटवार्तामा बजेटमा केन्द्रित भएर छलफल भएको हो । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि राष्ट्रपति र दाहालबीच कुराकानी भएको अध्यक्ष दाहालले सञ्चारकर्मीलाई बताए । “अघिल्लो र आजको भेटमा पनि बजेटमा केन्द्रित भएर छलफल भयो, राजनीतिक दलकै बीचमा सहमति गरेर बजेट ल्याउन मेरो कोसिस रहन्छ ।” अध्यक्ष दाहालले राष्ट्रपतिसँग भएको छलफलबारे जानकारी दिए । अध्यक्ष दाहालले अहिले नै कस्तो बजेट आउँछ भन्ने भन्दा पनि सहमतिमै बजेट आउने विश्वास व्यक्त गरे ।
भेटमा देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम तथा सहमतिका लागि दलबीच भइरहेको प्रयासका बारेमा राष्ट्रपति यादवले अध्यक्ष दाहालसँग जिज्ञासा राखेका थिए । “दलहरुबीच सहमति भइसकेको छैन तर काँग्रेस, एमाले, मधेसी मोर्चासँग भइरहेको छलफल सहमतितर्फउन्मुख रहेकाले मैले छलफल नकारात्मक नभएको बताएँ” अध्यक्ष दाहालले भने ।
विपक्षी दलले निर्वाचन घोषणा भइसकेको अवस्थामा कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नसक्ने बताउँदै पुर्ण बजेटको विरोध गर्दै आएका छन् । अध्यादेश बजेटका बारेमा खासगरी काँग्रेस, एमालेलगायतका विपक्षी दलले विरोध जनाएपछि राष्ट्रपतिले विभिन्न दलका नेता एवम् विज्ञसँगको भेटघाट एवम् छलफललाई निरन्तरता दिँदै आएका छन् । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
