Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
खानाको अर्थशास्त्र - Himalkhabar.com

ब्लगमंगलबार, कार्तिक १९, २०७०

खानाको अर्थशास्त्र

अरुणा उप्रेती

“बिहान के खाएर निस्कनुभयो” भनेर सोधिंदा प्रायः मेरो उत्तर हुन्छ, “बेलुका बाँकी रहेको भात, रोटी, तरकारी, खिचडी वा चनाको सातु।” यो सुनेर धेरैजसोले मुख बिगार्छन्। कतिले मुखै फोरेर भन्छन्, “बासी खाना पनि खाएर हिंड्ने हो?” तर, बजारको बिस्कुट, चाउचाउ, जेरी, स्वारी ताजा हुने अनि बेलुकाको खाना बिहान तताएर खाँदा बासी हुने कुरा म मान्दिनँ। जापानमा काम गरेका एक जना नेपालीले मलाई सुनाएका थिए, “हामी बजारमा एक दिन बासी फलफूल किन्थ्यौं। एक दिन बासी हुँदा फलफूल अखाद्य हुँदैन, तर जापानीहरू ताजै खोज्छन्। त्यसैले, यस्ता फलफूल सस्तोमा बेचिन्छ। यसरी सस्तो फलफूल र खाना किनेर मैले वर्षमा करीब रु.२ लाख बचत गरें।”

बेलुकाको खानालाई बासी भनेर फाल्नेहरूको ठूलै भीड छ, हाम्रो समाजमा। झ्न् चाडपर्वमा त घर–घरबाट फालिएका भात, दाल, तरकारी आदिको रासै देखिन्छ, सडकमा। यो खानालाई पैसामा रूपान्तरण गरेर हेर्ने हो भने जो कोहीलाई झस्काउने आँकडा आउँछ। मानौं, काठमाडौंमा जम्मा ३० हजार घर छन्। चाडको पर्सिपल्ट हरेक घरले आधा किलो भात (रु.४०), आधा किलो दाल (रु.५०), आधा किलो आलु–काउली (रु.५०), अचार (रु.२०), साग (रु.२०) मात्रै फाल्यो भने एउटा घरबाट रु.१७० को खाना फालिन्छ। त्यसमा रु.३० ग्याँस खर्च जोडेर ३० हजार घरले गुणन गर्दा रु.६० लाख हुन्छ। यस्तै प्रकारले पार्टी गर्ने ठाउँहरूबाट कति फालिंदो हो? त्यो बराबरको रकमले कति जना कुपोषित बालबालिका वा ग्रामीण आमाहरूलाई पोषण दिन पुग्थ्यो होला?

हामी १० जना पाहुना छन् भने १५ जनालाई पुग्ने परिकार पकाउँछौं, अरू पनि आइहाल्छन् कि भनेर। तर, बाँकी पाँच जनालाई पकाएको खाना खेर नै जान्छ। १० जना पाहुना बोलाउँदा ७–८ जनालाई पुग्ने खाना पकाउने हो भने धन, समय, ग्याँस सबैको खर्च जोगिन्छ। आजकल भोजभतेरमा पहिला नै पेयका साथ विभिन्न किसिमका ‘स्न्याक्स’ दिइने हुनाले सबैको पेट भरिसकेको हुन्छ। अनि खाना खाँदा धेरै लिएर आधा फालिन्छ, मानौं धेरै खाना फाल्नु भनेको बडप्पनको प्रतीक हो।

हामीलाई यसरी खाना फ्याँक्दा ‘अरूले के भन्लान्’ भन्ने चिन्ता पनि हुँदैन। हाम्रा बालबालिका हुन् वा युवा–युवती, उनीहरू बिल्कुलै बेपर्वाहका साथ खाना फालिरहेका हुन्छन्। उनीहरूलाई खाना बनाउँदा लागेको श्रम र पैसाबारे सिकाइएकै हुँदैन। उनीहरूलाई नेपालमा आफू जस्ता धेरै बालबालिका र युवा भोको पेट बस्न बाध्य छन् भनेर बताइएको छैन। मेरी हजूरआमाले मलाई ‘अन्न भनेको भगवान हुन्, यिनको अपमान गर्नुहुँदैन’ भनेर सिकाउनुभयो। त्यो सिकाइले मलाई अन्नप्रति आजीवन संवेदनशील बनायो।

यसपालिको विश्व वातावरण दिवस ‘खाना खेर नफालौं’ भन्ने नाराका साथ मनाइयो। ठाउँ–ठाउँमा ठूल्ठूला पोस्टर टाँसियो। भान्साबाट प्रत्येक वर्ष ५ लाख २१ हजार टन (५ करोड २१ लाख किलो) भोजन फ्याँक्ने नेपालीहरूको बानीमा ती पोस्टरहरूले कति प्रभाव पार्‍यो होला? किलोको रु.१० मात्र लगाउने हो भने पनि यति भोजनलाई रु.५० करोड भन्दा बढी पर्छ। विचार गरौं, रु.५० करोडले कति जनाको पेट भर्न सकिएला? कति बालबालिकालाई कुपोषणबाट बचाउन सकिएला? ती बालबालिका र गरीब आमाहरूको उदास अनुहार सम्झौं र ‘खाद्य वस्तु खेर नफालौं’ भन्ने नारालाई घर–घरमा व्यवहारमा उतारौं!

५ करोड किलो नेपालमा एक वर्षमा फ्याँकिने खाना
५० करोड फ्याँकिएको खाना प्रति केजी रु.१० को दरले हुन आउने रकम
१४ लाख जना एक व्यक्तिले प्रति दिन एक केजी खाना खाँदा फ्याँकिएको खानाले १ वर्ष खान पुग्ने मान्छेको संख्या

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>