रमझमशुक्रबार, कार्तिक २२, २०७०
छठको धुमधाम (तस्वीरसहित)
विशेष गरी तराईबासीले मनाउने छठ काठमाडौं उपत्यकालगायत पहाडी जिल्लाहरुमा पनि धुमधामसँग मनाइँदैछ । छठ पर्वका अवसरमा नजिकको तलाउ र नदी किनारामा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा शुरु हुन्छ भने रातभर जाग्राम बसी अर्को बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पर्व समापन हुन्छ ।
सुख शान्ति, कल्याण, रोगबाट मुक्ति र मनले चिताएको कामना पूरा होस् भन्ने कामनासहित यो पर्व मनाउने चलन छ ।
राष्ट्रपतिद्वारा पूजाअर्चना
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठपर्वका अवसरमा राष्ट्रपति रामवरण यादवले रानीपोखरी किनारमा साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा आराधना गरेका छन् ।
त्यहाँ आयोजित समारोहमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आगामी संविधानसभा निर्वाचनमा आफ्नो बुद्धि विवेक र विचारका आधारमा रोजेको दल तथा उम्मेदवारलाई मतदान गरी जनप्रतिनिधि चयन गर्न आग्रह गरे ।
उनले नेपालमा मनाइने कुनै चाडपर्वहरू जाति, समुदाय वा भूगोल विशेषसँग सम्बन्धित भए पनि सबै नेपालीले उमङ्गका साथ मनाउने र यस्ता पर्वले सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने गरेकोमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
