समाचारआइतबार, आषाढ २४, २०६९
भारतीय सेनाप्रमुख २६ असारमा नेपाल आउँदै
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उनी ३० असारसम्म नेपालमा रहने छन् । २६ असारमा उनले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरी सेनापतिसँग भेटघाट गर्नेछन् । २७ असारमा जनरल सिंह काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकनमा जाने र सोही दिन प्रधानमन्त्री र रक्षामन्त्रीसँग भेटघाट गर्ने छन् । २७ असारकै बेलुका राष्ट्रपति डा.रामवरण यादवले सेनाध्यक्ष सिंहलाई राष्ट्रपति भवनमा आयोजना गरिने विशेष कार्यक्रममा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम समेत छ ।
२८ असारमा उनले मुस्ताङको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गर्ने, पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालय र नेपाली सेनाको पश्चिम पृतना मुख्यालयको समेत अवलोकन गर्ने, २९ असारमा लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम तय गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाध्यक्ष सिंह ३० असार अपरान्ह स्वदेश फर्कने छन् ।
भारतका सबैजसो स्थल सेनाध्यक्षहरुले आफ्नो कार्यभार सम्हालेपछि नेपालको भ्रमण गर्ने प्रचलन रहिआएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
