रमझमआइतबार, कार्तिक २४, २०७०

भेनेजुएलाकी सुन्दरी बनिन् मिस युनिभर्स

हिमालखबर

८६ देशका सुन्दर युवतीहरुलाई पछि पार्दै ‘मिस युनभर्स २०१३’ को ताज भेनेजुएलाकी ग्याब्रिएला इस्लरले पहिरिएकी छन् ।

२५ वर्षीय इस्लर ‘फ्लेमेन्को डान्सर’ हुन् उनी भेनेजुएलाको टेलिभिजनकी चर्चित कलाकार पनि हुन् ।

सन् २०१३ की मिस युनिभर्स अमेरिकी सुन्दरी ओलिभिया कल्पोले इस्लरलाई रुसको राजधानी मस्कोमा आयोजित भव्य कार्यक्रममा ताज पहिराइदिइन् ।

प्रतियोगितामा स्पेनकी पेट्रिसिया युरेना रोड्रिग्स फस्र्ट रनरअप र इक्वाडोरकी कोस्टान्ज बेज सेकेन्ड रनरअप भए ।
भेनेजुएलाके राष्ट्रपति निकोलस माडुरोले ट्विटरमा इस्लरलाई बधाई दिंदै यो भेनेजुएलाकै जीत भएको बताएका छन् ।

यो प्रतियोगिताको प्रत्यक्ष प्रसारण विश्वभरका करिब एक अर्व मानिसले हेरेको अनुमान गरिएको छ ।
एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>