Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नीर शाह भन्छन्, ‘अब राजनीति गर्छु’ - Himalkhabar.com

अन्तर्वार्ता/विचारसोमबार, कार्तिक २५, २०७०

नीर शाह भन्छन्, ‘अब राजनीति गर्छु’

हिमालखबर

नेपाली कांग्रेसमा किन प्रवेश गर्नुभएको हो ?
म मानवअधिकार, व्यक्तिगत स्वतन्त्रता, उदारवाद र मानव मुक्तिमा विश्वास राख्ने व्यक्ति हुँ । जीवनका यी मूल्य र मान्यताहरु पूरा गर्न नेपाली कांग्रेसबाट सम्भव देखेकाले प्रवेश गरेको हुँ ।

केही समयअघि एमाओवादीमा पनि प्रवेश गर्नुभएको होइन र ?
होइन । एमाओवादीबाट चलचित्र विकास बोर्डका अध्यक्ष भएका गणेश भण्डारीले ल्याएका नीति चलचित्र क्षेत्रको विकासका लागि उपयुक्त थिए । फुट्नुअघि माओवादीले लिएको राष्ट्रियता सम्बन्धी मुद्दा पनि चित्तबुझदा थिए । त्यसैले ती नीति र मुद्दालाई समर्थन गरेको हुँ । तर, ती नीति विस्तारै हराए । युवराज लामा लगायतका साथीहरु एमाओवादी प्रवेश गर्दा शुभकामना दिन भने गएको थिएँ । तर, म माओवादी बनेको अनर्गल प्रचार गरियो ।

अब राजनीति नै गर्नुहुन्छ त ?
निश्चय नै । मैले लेखेको ‘गहिराइमा डुब्दै नडुब, डुबिसकेका छौ भने मोती नटिपी नफर्क’ भन्ने गीत मेरो जीवनसँग सधैं मेल खान्छ । त्यसैले राजनीतिमा अब म गहिराइ छुने गरी लाग्छु ।

कलाकार र पेशाकर्मीले राजनीतिमा प्रवेश गर्नु ठीक हो ?
पेशामा भएको व्यक्तिले राजनीति गर्नै हुन्न भन्ने होइन । तर, कलाकर्म र राजनीतिलाई एकै ठाउँमा मिसाउनु भने हुँदैन ।

कलाकारितालाई पनि समय दिनुहुन्छ ?
अब मेरो धेरै समय राजनीतिमा नै बित्छ । तर पनि म मूलतः कलाकार भएकाले कलाकर्म छोड्दिनँ । राजनीतिबाट निस्केको समय कलाकर्ममा बिताउँछु ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>