व्यक्तित्वआइतबार, आषाढ २४, २०६९
जसले ‘रेस्टुरेन्ट कल्चर’ भित्र्याए
२०३० सालतिरै काठमाडौंको रत्नपार्कमा ‘क्याफे डी पार्क’ खोलेर राजधानीवासीलाई पश्चिमा परिकारमा पल्काएका कक्षपति दावीका साथ भन्छन्, “हेम्बर्गर, पिज्जा, हट डक, आइस क्रिम जस्ता वेस्टर्न खानाको सुरुआत मैले नै गरेको हुँ ।”
उनले पाल्पाको पुख्र्यौली कपडा व्यापार छोडेर रेस्टुरेन्ट खोल्दा न्युरोडमा इन्दिरा रेस्टुरेन्ट र सोल्टी लगायत केही होटल मात्र थिए । गल्ली–गल्लीका परम्परागत खाजा होटल र भट्टीमा जान त्यति सहज थिएन । पाल्पाबाट सानैमा काठमाडौं पढ्न आएका श्यामले नयाँ र चुनौतीपूर्ण पेशा अँगाल्न चाहेरै समाजले त्यति सम्मानित समेत नठानिसकेको पेशामा हात हालेका थिए । उनी भन्छन्, “नौलो व्यवसाय देखेर हात त हालेँ तर अहिले जस्तो परिवारै गएर रेस्टुरेन्टमा खाने चलन थिएन । घरमा भात नपाक्ने र परिवार नभएकाहरू मात्र आउँथे ।”
वरिपरिका क्याम्पसका युवालाई लक्ष्य गरेर पानीको फोहोरा चल्ने र राति बत्तीको झ्लिीमिली हुने रानीपोखरीसँगैको बगैँचा छेउमा खेलिएको र पश्चिमा परिकारसँगै सङ्गीतको समेत आकर्षण केन्द्र बनेको क्याफे डी पार्कले धेरैको ध्यान तान्यो, विदेशीसँगै स्वदेशी ग्राहक समेत बढ्न थाले । तर, श्यामको चित्त यतिले बुझ्ेन । भाइहरूलाई रेष्टुरेन्ट जिम्मा लगाएर अमेरिका गए र त्यहाँ नौ महिना रेस्टुरेन्टहरूमै काम गरेर फर्केपछि दरबारमार्गमा अर्को रेस्टुरेन्ट खोले— ‘नाङ्लो’ । केही समयमै पुरानो रेष्टुरेन्ट पनि बन्द गरेर नाङ्लोमै केन्द्रित उनले यसलाई ‘नाङ्लो बेकरी क्याफे’ नामक रेष्टुरेन्ट तथा फष्टफूड चेनको रुपमा एक दर्जन ठाउँमा पुरयाएका छन् ।
२०४७ सालमा तीनधारा मोडबाट शुरु गरेर पुख्र्यौली पाल्पा, बुटवल र मनकामना केवलकार स्टेशनसम्म पुगेको बेकरी क्याफेको पछिल्लो आउटलेट चार महिनाअघि मात्र ललितपुरको ग्वार्कोमा खुलेको छ । पोखरा, धरान हुँदै दार्जीलिङ, सिक्किमतिर पनि लम्किने उनको योजना छ । साथमा कुरिनटारस्थित त्रिशूली किनारमा रिभरसाइड िस्प्रङस् रेसोर्ट पनि चलिरहेको छ । ३५ वर्षअघि १२ जनाबाट शुरु भएको नाङ्लोमा अहिले ६०० कर्मचारी छन्, जसमध्ये ६० जना वेटरका रूपमा लिइएका बहिरा पनि छन् । तिनको कामबाट सन्तुष्ट उनी भन्छन्, “समाजमा असक्षम भनिए पनि बहिराहरूले काम गरेर आफू सक्षम भएको प्रमाणित गरेका छन् ।”
बीचमा अरू व्यवसायतिर समेत लागेका श्यामले पुतलीसडकमा नौ वर्ष जति डिपार्टमेण्टल स्टोर ‘नाङ्लो बजार’ पनि चलाए भने श्रीमती रानी गुरुङ कक्षपतिको सक्रियतामा खुलेको शुभतारा स्कूलमा पनि हात हालेका छन् । ३८ वर्षअघि क्याफे डी पार्क चलाउँदा हरेक बिहान पाँच बजे आफैं तरकारी बजार पुग्ने, सपिङदेखि रेस्टुरेन्ट व्यवस्थापन, सरसफाई र किचनको समेत काम गर्ने श्याम कक्षपति आज सानेपाको मुख्य कार्यालयबाट व्यवसायको व्यवस्थापन र फाइनान्स प्लानिङ हेर्छन् भने उनलाई यो काममा साथ दिने भाइ गोपाल तथा काकाका छोराहरू सुनिल, अनिल र अनुप सबैतिरको दैनिक कार्यसञ्चालन गर्छन् । आफ्नो व्यवसाय यसरी विस्तार होला भनेर सपनामा पनि नसोचेका श्याम नेपालमा अचम्म लाग्दो गरी रेस्टुरेन्ट संस्कार बढेको बताउँछन् ।
कक्षपति परिवारको नयाँ पुस्ता पनि बाबुहरूको बिँडो थाम्न तयार छ । छोरा जयन्द्रले स्वीट्जरल्याण्डबाट होटल म्यानेजमेण्ट पढेका छन् भने भाइ गोपालका छोरा ताइससले कुल्मिनरी आर्टस् ९कुकिङ० । ५८ वर्षीय श्याममा अझ्ै पनि आफ्नो व्यवसायलाई थप उचाइमा पुरयाउने जोश र जाँगर छ । उनी भन्छन्, “नयाँ सोच, दृढ इच्छाशक्ति, इमानदारी र कामप्रतिको लगाव भए कुनै पनि क्षेत्रमा सफलता पाउन गाह्रो छैन ।”