समाचारआइतबार, आषाढ २४, २०६९

भट्टराईको सत्तालिप्साले मुलुक अन्योलतर्फ: नेपाल

रासस

प्रेस चौतारी कास्कीले २४ असारमा पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता नेपालले देशमा जटिलता थपिँदै गए पनि प्रधानमन्त्री डा भट्टराईलाई कुनै चिन्ता र चासो नभएको विचार व्यक्त गरे । “अहिलेको सरकार पदमुक्त भई कामचलाउ भइसकेकाले राजनीतिक दलहरूको सहमतिबिना पूर्ण बजेट सम्भव छैन ।” पूर्वप्रधानमन्त्री नेपालको भनाई थियो ‘बलजफ्ती ल्याइएको पूर्ण बजेट अन्य दललाई मान्य हुँदैन ।’

पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिमा सक्रिय भएको प्रति पत्रकारको एक जिज्ञासामा एमाले वरिष्ठ नेता नेपालले उहाँलाई राजावादीको नेता बत्र चुनौती दिए । एमालेका केही जनजाति नेताको असन्तुष्टिका सम्बन्धमा उनले भने “पार्टी अनुशासन आयोगले स्पष्टीकरण सोध्न सक्छ, यसमा अन्यथा मात्रु पर्दैन, पार्टीको आस्था र निष्ठामा सबै बस्नुपर्छ । ”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>