समाचारसोमबार, आषाढ २५, २०६९
‘सहमति बिना बजेट ल्याए प्रतिवाद’
प्रेस चौतारी नेपाल कैलालीले २५ असारमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राजनीतिक दलबीचको सहमतिबिना सरकारले पूर्ण बजेट ल्याउन नसक्ने विचार व्यक्त गर्दै अध्यक्ष खनालले सहमतिबिना बजेट ल्याए आफूहरुले त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।
अध्यक्ष खनालले सहमतिबिना मुलुकको राजनीति अघि नबढ्ने बताउँदै संविधानसभा विघटनपछि मुलुकमा संवैधानिक सङ्कट उत्पन्न भएकाले सबै दल मिलेर समाधान खोज्नुपर्नेमा जोड दिए । उनले सहमतिको सरकारका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिनुपर्ने बताए ।
सरकारले संविधानसभा विघटन गरेर चुनाव घोषणा गर्नु सत्ता लम्ब्याउने काम मात्रै भएको बताउँदै अध्यक्ष खनालले ७ मङ्सिर चुनाव हुन नसक्ने धारणा राखे । निर्वाचन आयोगले ७ साउनसम्ममा संविधान संशोधन गर्ने सहमति बने चुनाव हुन सक्ने बताए पनि त्यतिबेलासम्मस हमति हुने कुनै सम्भावना नभएको उल्लेख गरे ।
अर्को प्रसंगमा अध्यक्ष खनालले सेना समायोजनको काम विशेष समितिको सहमतिको आधारमा हुनुपर्ने तर सरकारले एकलौटी रुपमा गर्न खोजेकाले बाधा उत्पन्न भएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
