Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘सुकुम्बासीबस्ती जलाउनेलाई सिराहावासीले भोट दिँदैनन्’ - Himalkhabar.com

अन्तर्वार्ता/विचारबिहीबार, कार्तिक २८, २०७०

‘सुकुम्बासीबस्ती जलाउनेलाई सिराहावासीले भोट दिँदैनन्’

हिमालखबर

सिराहा–५ मा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालकै क्षेत्रबाट उम्मेदवारी दिएका एमाओवादीका पूर्वसभासद जगतप्रसाद यादव भन्छन्, “मधेशी जनता र क्रान्तिलाई धोका दिने, सुकुम्वासी बस्तीमा आगो लगाउनेलाई मधेशी मतदाताले भोट दिँदैनन् ।” संविधानसभा चुनावमा सहभागी नभएको मात्रृका यादव संयोजक रहेको नेकपा (माओवादी)का केन्द्रीय सदस्य तथा जनकपुर–सगरमाथा ब्यूरो इन्चार्ज यादवको उम्मेदवारीलाई दाहाललाई पराजित गर्ने अभियानको रुपमा हेरिएको छ । प्रस्तुत छ, यादवसँगको वार्ता:

चुनाव बहिस्कार गरेको पार्टीको नेता भएर पनि उम्मेदवारी किन ?
पुष्पकमल दाहाललाई हराउन उम्मेदवारी दिएको हुँ । किनभने उनी जनताका खलनायक हुन् भनेर पार्टीले पनि बुझेको छ । उनी नव ज्ञानेन्द्र हुन् । जनप्रतिनिधिको सरकार हटाएर प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने मुख्य योजनाकार नै दाहाल हुन् । उनले अरु दललाई बेवास्ता गरे । अरुको आवाज सुन्नै चाहेनन् । त्यसैले उनलाई हराउनै पर्ने भएकाले उम्मेदवार बनेको हुँ ।

दाहालले तँपाईहरूकै साथ पाएर लडाई लडेका होइनन् र ?
हो । तर दाहाल जनबिरोधी निस्किए । उनले १० वर्षे ‘जनयुद्ध’लाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गरे । शहीदका सपना चकनाचुर पारे । नयाँ जनवादी क्रान्तिलाई बिर्से । उनी अहिले साम्राज्यवादीहरुको एजेण्ट बनेका छन् । त्यसैले उनलाई हराउनलाई मैले उम्मेदवारी दिएको हो । उनलाई हराएर क्रान्तिकारी विचारको रक्षा गर्नु आवश्यक छ ।

सिराहा–५ को चुनावी प्रतिस्पर्धा कस्तो छ ?
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रतिस्पर्धाबाटपछि धकेलिएका छन् । तर उनका लागि तेश्रो स्थान सुरक्षित छ । मुख्य प्रतिस्पर्धा एमालेका लीलानाथ श्रेष्ठ र म बीच हुँदैछ । लीलाजी भन्दा पनि म बलियो छु ।

एमाओवादी अध्यक्ष दाहाल कमजोर छन् भन्ने आधार के छन् ?
उनको राजनीति धोकाले भरिपूर्ण छ । जनयुद्धको बेला मधेशी, जनजाति, मुस्लिम, दलित लगायतपछि परेका जाति, वर्ग, समुदायलाई अधिकार स्थापित गरिदिन्छु भनेर पहिलो संविधानसभा निर्वाचनकै बेला पनि उनले धेरै वाचा गरे । तर एउटा पनि पुरा गरेनन् । माओवादी जनमुक्ती सेना विघटन गरेर क्रान्ति बिरोधी काम गरे । उनले ‘जनयुद्ध’को उपलब्धी रक्षाका लागि अग्रसरता देखाएनन् । उनी ब्राम्हणवादी सोचबाट ग्रसित छन् । आफू लिने तर अरुलाई दिन नखोज्ने उनको प्रवृत्तिका सिराहाका जनता पनि बेखबर छैनन् ।

युद्ध लडेको बेला सुकुम्बासीलाई जग्गा वितरण गर्छु भनेर थुप्रै आश्वासन बाँडेका उनले प्रधानमन्त्री बनेकै बेला ज्ञानेन्द्र शाहको बहिनी(शोभा शाह) को सिरहा मिर्चैयाको जग्गामा बसेका चार सय सुकुम्बासीको घर टहरामा आगो लगाइदिए । गरिबको नाममा राजनीति गरेर गरिबकै बस्तीमा आगो लगाउनेले सिराहामा चुनाव जित्छन् भनेर कल्पना गर्न सकिन्न ।

एमाओवादीले त दाहालको जित सुनिश्चित भनेको छ नि ?
जनता होइन प्रशासनको आडमा यस्तो भनेको हुनुपर्छ । वास्तवमा दाहालले प्रशासनको दुरुपयोग गरिरहेका छन् । दाहाललाई चाहिने भन्दा बढी संख्यामा प्रशासनले गाडीको लाइन हिडाउने गरेको छ । सर्वसाधारणमा प्रशासनको कामले त्रास बढाएको छ ।

दाहालले करोडौं रकमको खोलो बगाएका छन् । तर पनि प्रचण्डले जित्ने अवस्था छैन । दाहाल जनताको ह्रदयमा बस्न सकेनन् । प्रहरीको लस्कर बिना गाउँ पस्न नसक्नेले चुनाव जित्छ भनेर कसरी विश्वास गर्नु ?

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>