समाचारसोमबार, आषाढ २५, २०६९
पूर्व राजाको सुविधा खोसिन्छः प्रम भट्टराई
ग्लोबल ब्याङकद्वारा २५ असारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री भट्टराईले ‘जनयुद्ध’ र जनआन्दोलनको बलमा विस्थापित भएको राजतन्त्रले टाउको उठाउने कुनै अवस्था नरहेको भन्दै त्यस्तो गर्न खोजिए सरकारलाई मान्य नहुने बताए । राजनीतिक दलहरुका बीचमा विवाद भएपनि कुनै पनि पार्टी राजतन्त्रको पक्षमा नरहेको चर्चा गर्दे प्रधानमन्त्रीले भने, ‘दलहरुको बीचमा विवाद छ, तर कोही पनि मरिसकेको राजतन्त्रलाई फर्काउने पक्षमा छैनन्, यो कुरा पूर्वराजाले बुझे हुन्छ ।’
प्रधानमन्त्री भट्टराईले राजनीतिक दलहरुको बीचमा जति विवाद भएपनि राष्ट्रिय आवश्यकता र अप्ठ्यारोमा एक ठाउँमा आउने परम्परा रहकाले पूर्व राजाले निहुँ खोजे त्यो राम्रो नहुने बताए ।
ग्लोबल ब्याङक, आइएमइ फाइनान्स र लर्ड बुद्ध फाइनान्सबीच एकीकरण भएर ग्लोबल आइएमइ ब्याङक बनेको छ । कार्यक्रम अर्थमन्त्री वर्षमान पुनले देशको आर्थिक विकास र समृद्धिको लागि वित्तीय संस्थाहरु लाग्नुपर्नेमा जोड दिए । तीनवटा वित्तीय संस्था मिलेर बनेको सो बैंकको कूल पुँजी रु दुइ अर्ब १५ करोड रहेको छ । हाल यस ब्याङकको रु २० अर्ब लगानीमा रहेको छ भने रु २६ अर्ब क्रण रहेको कार्यक्रममा जानकारी गराइएको थियो । ब्याङकको देशभरि ६२ वटा शाखा छन् । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
