समाचारसोमबार, आषाढ २५, २०६९
प्रम भट्टराइद्धारा विघटित संविधानसभाका दलहरुको बैठक आह्वान
मुख्यत: आगामी आर्थिक वर्षको बजेट, प्रम भट्टराईले घोषणा गरेको संविधानसभा निर्वाचन र राजनीतिक गतिरोधबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठक २६ असार विहान ८ बजे प्रधानमन्त्री कार्यालयमा बोलाइएको छ ।
प्रधानमन्त्री भट्टराईले संविधानसभा विघटन भएको करिब डेढ महिनापछि पहिलोपटक सबै दललाई बैठकमा डाकेका हुन् । यसअघि उनले प्रमुख दलका शीर्ष नेता, पूर्व प्रधानमन्त्रीहरु तथा नागरिक अगुवा र उद्योगी व्यवसायीहरुसँग छलफल गरेका थिए ।
भट्टराईको निजी सचिबालयले जनाए अनुसार सहमति र सहकार्यका लागि उनले जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । खासगरी भट्टराई कुनै हालतमा सत्ता नछाड्नेर अडान लिंदा पछिल्लो समय प्रमुख दलहरुबीचमा संवादहीनताको अवस्था देखापरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
