टिप्पणीबिहीबार, कार्तिक २८, २०७०
‘खगेन्द्रलाई गालीबेइज्जती मुद्दा लाग्न सक्छ’
संविधान सभाको दोस्रो निर्वाचनको चर्चा शुरु भए यता समाजमा बढी जिम्मेवार र आचार भ्रष्ट नबनीकन अरुका लागि समेत यथाशक्य सकारात्मक परिबर्तनका लागि सत्यको पक्षमा रहँदै तर असत्यलाई पनि सफाया नगरी सुधार गर्ने आशयका साथ लाग्ने समुदाय स्वतन्त्र लेखक, पत्रकार, बुद्धिजिवी र विश्लेषकहरु मानिएका थिए ।
खेती किसानी र मजदुरीमा भ्याईनभ्याई लागिरहेका किसान मजदुरदेखि बौद्धिक परिश्रम गर्ने आधुनिक शैलीमा रहेका शहरीया नागरिकहरु पनि आमसभा, भेला, र्यालीमा पुगेर नेताका भाषण सुनेर होइन अब पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन मार्फत तिनै पत्रकार, लेखक र विश्लेषकका कुरा सुनेर निर्वाचनमा मतसम्बन्धी धारणा बनाउँछन् । तर, त्यही ओपिनियन लिडर ९ओएल० बन्न खोज्ने समुदाय नै विश्लेषण तथा टिकाटिप्पणीका मान्य सैद्धान्तिक आदर्शबाट च्यूत बनेपछि त्यो व्यस्त समुदायले तिनको विश्लेषण, लेखन र समाचारबाट धोका बाहेक के पाउँछ रु केही पाउँदैन ।
नेताहरुले जनतालाई पटक पटकका प्रतिबद्धतामार्फत धोका दिएभन्दा बढी मतदातालाई मतदानका बेलामा गलत विश्लेषण, समाचार र लेखहरु तयार गरेर ती ओएल भनाउन खोज्नेहरुले बढी धोका दिइरहेका छन् । हरेक नागरिक राजनीतिबाट प्रभावित हुन्छ । म्यानमारकी नेतृ आंग सान सु की ले बन्दी अवस्थामा नै आफूलाई पहरा दिइरहेका प्रहरीलाई एउटा कागजमा लेखेर देखाएकी थिइन्, ‘इभन यु डन्ट थिन्क अबाउट पोलिटिक्स, पोलिटिक्स, थिन्कस् अबाउट युु ।’ अर्थात् तिमीले राजनीतिबारे नसोचे पनि राजनीतिले तिम्रो बारेमा सोच्छ ।
सुकीले भनेजस्तै राजनीतिबाट टाढा रहेर पत्रकार, लेखक, विश्लेषक निरपेक्ष निष्पक्ष बन्न सक्तैन । तर पनि उसले सोझै कुनै एक विचार, पार्टी र अझ पार्टीको विचारभन्दा पनि व्यक्तिलाई तारो बनाएर व्यक्तिका पनि नाक, कान, जुँघा, आँखा आदिलाई आधार बनाएर राम्रो र नराम्रो भन्ने विश्लेषण गर्छ भने त्यो समाजको एउटा रोग हो । यस्तो रोग अरु जुँघा नै नपलाउने, कम पलाउने, थेप्चा नाक भएका जातिका व्यक्तिलाई सधैँ भिलेन बनाएर उपन्यासहरुमा प्रस्तुत गर्ने पञ्चायतकालीन र अरु निरंकुश युगको मूल लेखन प्रवृत्ति थियो । त्यस कित्तामा प्रगतिशील देखिए पनि कतिपय त्यस्ता लेखकहरु छन् जसका लेख मात्र एउटा नव युवाले पढ्ने हो र बाँकी लेखकका नपढ्ने हो भने त्यो पाठक सोझै डिप्रेसनको विरामी हुन्छ ।
त्यसरी कसैको नाक, आँखा, जुँघाको वयान गर्ने लेखकहरुले नै हिजो कुनै साहित्यमा नायक पात्रको वर्णन गर्दा हिरो चरित्र देखाउँदा वा हिरोइन चरित्र देखाउँदा, चुच्चो नाक, पिपल पाते ओठ, यस्तो जुँघा, त्यस्तो रौँयुक्त छाती भन्दै ब्राह्मणको मात्र अनुहारको चरित्रमा हिरो स्थापित गर्न खोजेकै हो । जसले कहिल्यै पनि जुँघा र आँखाको, ओठ र नाकको वर्णन गरेर जनजाति बाहेकका बाहुनलाई मात्र वा भारतीयहरुलाई हिरो बनाइरह्यो । रुपवादी हुन् तिनीहरु । यतिबेला उम्मेद्वारको चर्चा गर्दा लेखक खगेन्द्र संग्रौलाले त्यस्तै गरेका छन् । सारमा जे भनेर पनि सैद्धान्तिक विरोध वा विमति राख्न सकिन्छ तर फलानाको नाक यस्तो र जुँघा त्यस्तो भन्ने लेख वा विश्लेषण अबका सभ्य, सुशिक्षित र पठित अनि औपचारिक शिक्षा धेरै नभए पनि लोकतान्त्रिक युगमा नेतालाई नै दाइँमा हिँडाउन सक्ने भद्र नेपाली नागरिकले रुचाउँदैनन् ।
पत्रकारहरुका पनि यस्ता तल्लो स्तरका समाचारहरु विभिन्न सञ्चार माध्यममा आएका छन् । मिडियाले सम्मानपूर्वक उपलब्ध गराएको स्थान मिडिया र मिडिया मालिकको मात्र स्थान र समय होइन, जनताको समय र स्थान हो । त्यहाँ व्यक्तिगत रुपमा ओर्लिएर खासगरी लुलोलंगडो, अन्धो, कुरुप, यस्तो जुंघा भएको त्यस्तो नाक भएको भन्ने विश्लेषण त्यसमा पनि व्यक्तिको नामै किटेर भन्न हुन्न भन्ने कुरा कक्षा ५ मा नै वादविवाद प्रतियोगिताको नियमहरु समावेस भएको पाठदेखि नै पढेको हुनु पर्ने हो । अपांगता भएका, दृष्टिविहीनलाई अन्धो भन्न पाइन्न, गोडाले काम गर्न नसक्नेलाई लंगडो सम्बोधन गर्न मिल्दैन भनेजस्तै कसैका जुँघा कोही अपराधीकाजस्ता देख्छ कसैले भने उसलाई निरंकुश, अपराधी, तानाशाह भन्न पाइन्न । यहाँ कसैका जुँघा आतंककारीजस्तो, हिटलरजस्तो भन्ने प्रयोग पनि कारवाहीको भागीदार हुनु पर्ने विषय हो । यो पनि गालीबेइज्जती हो ।
कानुन अनुसार नै पनि लेखक खगेन्द्रमाथि कारवाहीको प्रक्रिया अघि बढाउन सक्छन् उनले, जसलाई ती शब्द प्रयोग गरेका छन् । एक कानुनको विद्यार्थीको हैसियतले पनि म यो भन्न सक्छु । तर, म यतिबेला पनि कुनै पनि पार्टीको सदस्य नभएको कुरा स्पष्ट गर्दै अबको समाज खराब अक्षरकर्मीको नबनोस् मात्र भन्ने शुभेच्छा व्यक्त गर्छु ।
खगेन्द्र संग्रौला र फेसबुकभरि समेत गति छोडेर गाली गलौजमा उत्रिएका पत्रकार सबैलाई म मजस्तै कुनै पनि पार्टीको सदस्य नरहेको व्यक्तिहरुले पनि साँच्चै तथ्यपूर्ण अक्षर र सञ्चारकर्मीको रुपमा फेरि पुनस्थापित भएको हेर्न पाऊँ सम्मान गरिरहन पाउँ ।
प्रख्यात अमेरिकी टेलिभिजनकर्मी ओफ्रा विन्फ्रेले पनि आफ्नो कार्यक्रम मार्फत बाराक ओबामाका लागि भोट मागेकी थिइन् तर त्यहाँ शिष्टता थियो । पत्रकारिताको धर्म कायमै राखेकी थिइन् उनले ‘म चाहिँ दिन्छु उहाँलाई भोट तर तपाइँ के गर्नु हुन्छ तपाईको कुरा हो ।’ भनेकी थिइन । यो स्तरमा पत्रकारले पनि भन्न मिल्छ । लेखकबाट निरपेक्ष रुपमा निष्पक्षताको अपेक्षा गर्न सकिँदैन सधैँ । किनकि उसले आँखा चिम्लेर निष्पक्ष होइन कि आँखा खोलेर सत्यको पक्षका आफ्नो मान्यता तर्क र प्रमाणबाट स्थापित गर्न खोज्छ । त्यसैले त्यो एकपक्षीय हुन सक्छ । तर त्यसका केही सीमा र मान्यताहरु छन् । जसमध्ये मध्यो मान्यता नै व्यक्तिको जुँघा, नाक, आँखाबारे टिप्पणी गरेर होइन, विचार, तर्क प्रमाणबाट आफ्नो मान्यता स्थापित गर्नु पर्छ भन्ने हो । तर, त्यसरी आफूले ठानेको सत्यको पक्षलाई पुष्टि गर्न कानुनले अरुको गाली बेइज्जती नहुने गरी खुला गरेको सीमाभित्र बसेर तर्क र तथ्यका आधारमा प्रस्तुत गर्नुपर्छ ।
त्यो जिम्मेवार लेखन र सञ्चारको अभ्यास अबको नयाँ पुस्ताले, नयाँ पाठक, स्रोता र दर्शक अनि अनलाइनका भिजिटरले पनि माग गर्छन् । यो समयको माग हो । पुरानो ढर्राको लेखन, विश्लेषण, पत्रकारिता अब छिट्टै नयाँ नेपालमा डस्टविन भित्र पुग्ने छ । आचार संहिता नेतालाई मात्र लाग्दैन, नेतालाई जीवनभरि गाली मात्र गरिरहने, आफैँ समाधान देखाउन कलमबाट पनि केही नगर्ने, नेताले नकाम गरेपछि प्रतिक्रिया मात्र जनाउने प्रतिक्रियावादी लेखकहरु, सञ्चारकर्मी र विश्लेषक भन्नेहलाई पनि लाग्छ ।
नेपाल कानुन डट कमबाट साभार
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
